काठमाडौँ ।स्याङग्जाको चापाकोट नगरपालिका-८ मिर्दिमका ४२ वर्षीय पूर्ण चन्द्र पंगेनी आफ्नै घर अगाडिको आँपको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। मंगलबार बिहान उनलाई पछ्यौरीको पासो लगाएर झुण्डिएको अवस्थामा उनकी आमाले देखेपछि प्रहरीलाई खबर गरिएको थियो।पंगेनीकी श्रीमती र छोरी बुटवलमा बस्दै आएका थिए भने उनी घरमा आमासँग बस्दै आएका थिए।...