सुर्खेतको जंगलमा युवा-युवती मृत फेला, घटना शंकास्पद

Author

सजिलो पत्रिका

२०८२ पुस १६, बुधबार

24
Share
Featured
  • सुर्खेतको वीरेन्द्रनगर–४ स्थित सहिद पार्क नजिक जंगलमा एक युवा र एक युवती मृत अवस्थामा फेला परेका छन्।
  • दुवै शव केही मिटरको दूरीमा अलग–अलग भेटिएको र पहिचान खुल्न नसकेको हुँदा घटना शंकास्पद देखिएको प्रहरीले जनाएको छ।
  • प्रहरीले घटनास्थल नियन्त्रणमा लिएर हत्याको सम्भावनालाई मध्यनजर गर्दै सबै कोणबाट अनुसन्धान अघि बढाइरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ स्थित सहिद पार्क नजिकैको जंगलमा एक युवा र एक युवती मृत अवस्थामा फेला परेका छन् । आज बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्याम प्रकाश यादवका अनुसार, मृत भेटिएकाहरूको पहिचान खुल्न सकेको छैन । दुवैको शव केही मिटरको दूरीमा फरक-फरक स्थानमा भेटिएकाले घटना शंकास्पद देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । घटनाको प्रकृति हेर्दा हत्याको आशंका गरिएको र अनुसन्धान टोलीले सबै कोणबाट अनुसन्धान अघि बढाएको प्रवक्ता यादवले जानकारी दिए ।

यो समाचारमा

वीरेन्द्रनगर नगरपालिकाकाठमाडौँसुर्खेत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कर्णाली प्रदेशको नीति तथा कार्यक्रम, के-के परे प्राथमिकतामा (पूर्णपाठ)

    कर्णाली प्रदेश कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख यज्ञराज जोशीको स्वास्थ्य अवस्थाका कारण मुख्यमन्त्री यामलाल कँडेलले बुधबारको प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।नीति तथा कार्यक्रममा कृषि कृषि क्षेत्रलाइ जोड दिइएको छ। यसका साथै स्वास्थ्य,

    Data is loading...

    Loading brands...

    Loading footer...