हिन्दु राज्यको पक्षमा बोल्दा बलात्कार र ज्यान मार्ने धम्की आयो - खुश्बु ओली

Author

सजिलो पत्रिका

२०८३ जेठ २७, बुधबार

6
Share
Featured
  • राप्रपाकी सांसद खुश्बु ओलीले हिन्दु राज्यको पक्षमा बोल्दा आफूलाई ज्यान मार्ने र बलात्कार गर्ने धम्की आएको बताएकी छन्।
  • संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताको अधिकार प्रयोग गरेर सनातन हिन्दु राज्यको विषय उठाएको उनको भनाइ छ।
  • उनले यस्ता धम्कीलाई गम्भीर रूपमा लिएर सुरक्षा र कानुनी कारबाही सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले नेपाललाई सनातन हिन्दु राज्य बनाउनुपर्ने माग राख्दा आफूलाई बलात्कार र ज्यान मार्ने धम्की आएको खुलासा गरेकी छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ओलीले सामाजिक सञ्जालमार्फत आफूलाई यस्तो धम्की दिइएको जानकारी गराइन्।

उनले नेपालमा ९० प्रतिशतभन्दा बढी सनातनीहरूको बसोबास रहेको र संविधानले सुनिश्चित गरेको अधिकारअनुसार नै आफूले सनातन राज्यको विषय सदनमा उठाएको बताइन्। "नेपाल सनातन राज्य हुनुपर्छ भन्दा सुनियोजित रूपमा मलाई ज्यान मार्ने र बलात्कार गर्ने धम्की दिइएको छ," उनले भनिन्, "के गणतन्त्रले ल्याएको धर्म निरपेक्षताको फल यही हो?"

सांसद ओलीले यस्ता धम्की आफूले व्यक्तिगत रूपमा सहन सक्ने भए पनि यसलाई सिंगो सनातनी समुदायमाथिको प्रहारका रूपमा लिनुपर्ने बताइन्। उनले सदनमा यस्तो गम्भीर विषय उठ्दा पनि सुरक्षा र कानुनी राज्यको अनुभूति हुन नसकेको भन्दै आपत्ति समेत जनाइन्।

यो समाचारमा

काठमाडौँराष्ट्रिय प्रजातन्त्र पार्टीखुश्बु ओलीप्रतिनिधि सभा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    व्यावसायिक कृषि र उद्यमले रौतहटका एक हजार महिला बने आत्मनिर्भर

    रौतहट।रौतहटको चन्द्रपुर नगरपालिका र राजपुर गाउँपालिकाका ग्रामीण महिलाहरू अहिले आर्थिक रूपमा सबल मात्र भएका छैनन्, समाजमा आफ्नो अधिकारका लागि आवाज उठाउन समेत सक्षम बनेका छन्। व्यावसायिक तरकारी खेती, बाख्रापालन, किराना पसल र टेलरिङ जस्ता व्यवसायमार्फत उनीहरूले आफ्नो र परिवारको जीवनस्तरमा उल्लेख्य सुधार ल्याएका छन्।चन्द्रपुर–७ की दुखनी थरुनीले पाँच कठ्ठामा लगाएको

    Data is loading...

    Loading brands...

    Loading footer...