व्यावसायिक कृषि र उद्यमले रौतहटका एक हजार महिला बने आत्मनिर्भर

Author

सजिलो पत्रिका

२०८३ जेठ २८, बिहिबार

4
Share
Featured
  • रौतहटका चन्द्रपुर र राजपुरका महिलाहरू तरकारी खेती, बाख्रापालन, टेलरिङ र साना व्यवसाय मार्फत आर्थिक रूपमा आत्मनिर्भर बन्दै गएका छन्।
  • ग्रामीण विकास केन्द्र (RDC) नेपालको परियोजनाअन्तर्गत करिब १,००० महिलालाई प्रतिव्यक्ति ६५ हजार रुपैयाँ सहयोग तथा सीपमूलक तालिम प्रदान गरिएको छ।
  • आर्थिक सशक्तीकरणसँगै महिलाहरू आफ्नो अधिकारका लागि आवाज उठाउन सक्षम भएका छन् र लैङ्गिक हिंसा न्यूनीकरणमा समेत सकारात्मक प्रभाव देखिएको छ।
समाचार सारांशGenerated using AI.

रौतहट

रौतहटको चन्द्रपुर नगरपालिकाराजपुर गाउँपालिकाका ग्रामीण महिलाहरू अहिले आर्थिक रूपमा सबल मात्र भएका छैनन्, समाजमा आफ्नो अधिकारका लागि आवाज उठाउन समेत सक्षम बनेका छन्। व्यावसायिक तरकारी खेती, बाख्रापालन, किराना पसल र टेलरिङ जस्ता व्यवसायमार्फत उनीहरूले आफ्नो र परिवारको जीवनस्तरमा उल्लेख्य सुधार ल्याएका छन्।

चन्द्रपुर–७ की दुखनी थरुनीले पाँच कठ्ठामा लगाएको तरकारीबाट दैनिक रु १,५०० देखि २,००० सम्म आम्दानी गरिरहेकी छन्। उनी भन्छिन्, "आर्थिक रूपमा सक्षम भएपछि महिला हिंसाविरुद्ध बोल्न र आफ्ना हकअधिकारबारे सचेत हुन सजिलो भएको छ।" उनी जस्तै दिलकुमारी काफ्ले बाख्रापालनबाट र जरिमा खातुन टेलरिङ व्यवसायबाट स्वरोजगार बनेका छन्।

ग्रामीण विकास केन्द्र (RDC) नेपालले इस्लामिक रिलिफ क्यानाडा र इस्लामिक रिलिफ नेपालको सहयोगमा सञ्चालन गरेको 'लैङ्गिक हिंसा न्यूनीकरण परियोजना' ले यो परिवर्तन ल्याएको हो। परियोजनाले चन्द्रपुर र राजपुरका १२ वटा वडाका करिब एक हजार महिलालाई प्रतिव्यक्ति रु ६५ हजारका दरले व्यवसाय सञ्चालनका लागि नगद सहयोग उपलब्ध गराएको छ।

परियोजना प्रमुख धर्मेन्द्र साहका अनुसार आर्थिक सहयोगका साथै महिलाहरूलाई वित्तीय साक्षरता, नेतृत्व विकास र सीपमूलक तालिम समेत दिइएको छ। साथै, किशोरीहरूका लागि २४ वटा सामुदायिक सिकाइ तथा संरक्षण केन्द्रमार्फत 'रूपान्तरण कोर्स' सञ्चालन गरिएको छ, जसबाट हालसम्म २,४०० बालबालिका लाभान्वित भइसकेका छन्।

आर्थिक रूपमा आत्मनिर्भर भएपछि महिलाहरूमाथि हुने लैङ्गिक हिंसामा कमी आएको र उनीहरूले आफ्ना छोराछोरीलाई शिक्षा दिन तथा घरखर्च चलाउन कसैसँग हात थाप्नुपर्ने अवस्था अन्त्य भएको छ। केन्द्रका अध्यक्ष पारस हुसेनले महिलासँगै घरका पुरुष सदस्यहरूलाई पनि अधिकार र हिंसा न्यूनीकरणबारे प्रशिक्षण दिइँदै आएको जानकारी दिए।

यो समाचारमा

रौतहटचन्द्रपुर नगरपालिकाराजपुर गाउँपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    केपी ओलीलाई रास्वपा सदस्य बनाएको 'फर्जी' पोस्टरबारे संसदमा आपत्ति

    काठमाडौँ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्य बनाएर सामाजिक सञ्जालमा फैलाइएको 'फर्जी' पोस्टरको विषय प्रतिनिधिसभामा उठेको छ।एमाले सांसद यशोदा बरालले सोमबारको बैठकमा बोल्दै अध्यक्ष ओलीलाई रास्वपाको सदस्य देखाइएको नक्कली पोस्टर सामाजिक सञ्जालमा भाइरल बनाइएको भन्दै कडा आपत्ति जनाइन्। उनले यस्तो भ्रमपूर्ण र

    Data is loading...

    Loading brands...

    Loading footer...