महालेखाको प्रतिवेदन देखाउँदै ज्ञानेन्द्र शाहीले भने– 'अर्थमन्त्रीले संसद्‍मा झुटो बोले'

Author

सजिलो पत्रिका

२०८३ जेठ २८, बिहिबार

4
Share
Featured
  • राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि ईभी आयातसम्बन्धी कर छली र अनियमितता ढाकछोप गरेको आरोप लगाएका छन्।
  • महालेखा परीक्षकको प्रतिवेदन उद्धृत गर्दै उनले ईभी गाडीको मोटर क्षमतामा फेरबदल गरी करिब २ अर्ब ८५ करोड रुपैयाँ कर छुट दिइएको दाबी गरेका छन्।
  • यस विषयमा सत्यतथ्य सार्वजनिक गर्न संसदीय छानबिन समिति गठन गर्न सरकारसँग माग गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय गाडी (ईभी) आयातमा भएको अर्बौँको कर छली र अनियमिततालाई ढाकछोप गरेको आरोप लगाएका छन्। बिहीबार संसद् बैठकमा बोल्दै शाहीले अर्थमन्त्रीले संसद्‍मा उभिएर झुटो बोलेको दाबी गरे।

महालेखा परीक्षकको प्रतिवेदनलाई प्रमाणका रूपमा प्रस्तुत गर्दै शाहीले ईभी गाडीहरूको मोटर क्षमतामा फेरबदल गरेर २ अर्ब ८५ करोड रुपैयाँ कर छुट दिइएको बताए। "महालेखाको प्रतिवेदनअनुसार देशभर ३ अर्ब ७७ करोड ४४ लाख रुपैयाँ बराबरको महसुल र करमा गडबडी भएको छ, जुन असुलउपर हुनुपर्छ," उनले भने।

शाहीले जेठ १ देखि १४ गतेसम्म ३ हजार ईभी गाडीहरू भन्सार पास भएको र करका दर परिवर्तन हुनुअगावै ती गाडीहरू भित्रिनुमा नीतिगत भ्रष्टाचारको आशंका गरे। उनले सत्तामा पुगेपछि सुशासनका कुरा बिर्सिएको भन्दै यस प्रकरणमा सत्यतथ्य बाहिर ल्याउन तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन्। "कसैलाई दोषी करार गर्न होइन, तर सरकारले यसमा संसदीय समिति बनाएर छानबिन गरोस्," शाहीले जोड दिए।

यो समाचारमा

ज्ञानेन्द्र शाहीराष्ट्रिय प्रजातन्त्र पार्टीस्वर्णिम वाग्लेकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भ्रष्टाचार छानबिनदेखि रोहिङ्ग्या फिर्तासम्मका मुद्दाले ततायो सदन

    काठमाडौँ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसदहरूले समसामयिक राष्ट्रिय मुद्दाहरूमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। शून्य समयमा बोल्दै सांसदहरूले भ्रष्टाचारका पुराना काण्डहरूको छानबिन, सुकुमवासी समस्याको समाधान र सार्वजनिक सेवा प्रवाहमा सुधारको माग गरेका हुन्।बैठकमा सांसद ललिताकुमारीले नेपाल भित्रिएका रोहिङ्ग्याहरूलाई फर्काउन माग गरिन् भने सांसद लक्ष्मीप्रसाद पोखरेलले साताको दुई दिने बिदा हटाउन

    Data is loading...

    Loading brands...

    Loading footer...