कालापानी र सुस्तामा मात्रै नक्सांकन बाँकी छ- परराष्ट्रमन्त्री खनाल

Author

सजिलो पत्रिका

२०८३ जेठ २७, बुधबार

7
Share
Featured
  • परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार नेपाल–भारत सीमामा कालापानी, लिपुलेक, लिम्पियाधुरा र सुस्ता क्षेत्रबाहेक अधिकांश नक्सांकन कार्य सम्पन्न भइसकेको छ।
  • उनले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति दशगजा क्षेत्र तथा सीमापार अतिक्रमणसम्बन्धी रहेको स्पष्ट पारे।
  • सीमा विवाद समाधानका लागि द्विपक्षीय कूटनीतिक संवाद र वार्तामै जोड दिइएको तथा तेस्रो पक्षको मध्यस्थता नखोजिएको मन्त्री खनालले बताएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

परराष्ट्रमन्त्री शिशिर खनालले नेपालभारतबीच कालापानी क्षेत्र र सुस्तामा मात्रै नक्सांकन गर्न बाँकी रहेको बताएका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री खनालले सुस्ता, लिम्पियाधुरा, कालापानी र लिपुलेक बाहेकका अधिकांश क्षेत्रमा सीमा सम्बन्धी काम भइसकेको जानकारी दिए।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को हालैको अभिव्यक्ति र भारत भ्रमणबारे प्रष्टीकरण दिँदै मन्त्री खनालले प्रधानमन्त्रीको भनाइ दशगजा क्षेत्र र ‘क्रस बोर्डर अक्कुपेसन’ (सीमापार अतिक्रमण) मा केन्द्रित रहेको स्पष्ट पारे। उनले सीमा समस्या समाधानका लागि ‘नेपाल–इन्डिया बाउन्ड्री वर्किङ ग्रुप’ लगायतका प्राविधिक टोलीहरू क्रियाशील रहेको र लगत संकलनको काम भइरहेको बताए।

सीमा विवादलाई नेपालले विशुद्ध द्विपक्षीय विषयका रूपमा लिएको बताउँदै मन्त्री खनालले यसमा तेस्रो पक्षको मध्यस्थता नखोजिएको प्रष्ट पारे। "नेपाल–भारत सीमा द्विपक्षीय विषय हो, हामी कूटनीतिक संवाद र वार्तामार्फत नै यसको समाधान गर्न प्रतिबद्ध छौँ," उनले भने। प्रधानमन्त्री शाहले पनि तेस्रो पक्षको मध्यस्थताबारे नबोलेको उनले सदनलाई जानकारी गराए।

यो समाचारमा

बालेन्द्र शाह (बालेन)भारतकाठमाडौँशिशिर खनाल
नेपाल4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भ्रष्टाचार छानबिनदेखि रोहिङ्ग्या फिर्तासम्मका मुद्दाले ततायो सदन

    काठमाडौँ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसदहरूले समसामयिक राष्ट्रिय मुद्दाहरूमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। शून्य समयमा बोल्दै सांसदहरूले भ्रष्टाचारका पुराना काण्डहरूको छानबिन, सुकुमवासी समस्याको समाधान र सार्वजनिक सेवा प्रवाहमा सुधारको माग गरेका हुन्।बैठकमा सांसद ललिताकुमारीले नेपाल भित्रिएका रोहिङ्ग्याहरूलाई फर्काउन माग गरिन् भने सांसद लक्ष्मीप्रसाद पोखरेलले साताको दुई दिने बिदा हटाउन

    Data is loading...

    Loading brands...

    Loading footer...