काभ्रेमा प्रहरी हिरासतभित्रै युवक झुण्डिएको अवस्थामा मृत फेला

Author

सजिलो पत्रिका

२०८२ मंसिर २९, सोमबार

10
Share
Featured
  • काभ्रेको इलाका प्रहरी कार्यालय, मंगलटारको हिरासतमा २१ वर्षीय दुधराज तामाङ मृत फेला परेका छन्।
  • तामाङलाई चोरीको आरोपमा आइतबार नियन्त्रणमा लिइएको थियो र भोलिपल्ट हिरासतभित्रको शौचालयमा झुण्डिएको अवस्थामा भेटिएको हो।
  • प्रहरीले मृतकका आफन्तलाई खबर गरी अनुसन्धान सुरु गरेको छ र हिरासतमा भएको घटनाले गम्भीर प्रश्न उठाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

काभ्रेपलान्चोकको इलाका प्रहरी कार्यालय, मंगलटारको हिरासतमा रहेका एक युवक मृत फेला परेका छन् । रोशी गाउँपालिका–१२, ढाडपाखाका २१ वर्षीय दुधराज तामाङ हिरासतभित्रको शौचालयमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार, तामाङलाई चोरीको आरोपमा आइतबार मात्रै प्रहरीले नियन्त्रणमा लिएको थियो । हिरासतमा राखिएको भोलिपल्टै उनी शौचालयमा झुण्डिएको अवस्थामा भेटिएका हुन् ।

घटना सार्वजनिक भएलगत्तै प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ । मृतकका आफन्तहरूलाई खबर गरी कार्यालयमा बोलाइएको र घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए । प्रहरी हिरासत जस्तो संवेदनशील स्थानमा भएको यो घटनाले गम्भीर प्रश्न खडा गरेको छ ।

यो समाचारमा

रोशी गाउँपालिकाकाठमाडौँकाभ्रेपलान्चोक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सानेपाको स्पाबाट नाबालिकाको उद्धार, सञ्चालिका पक्राउ

    काठमाडौँ।ललितपुरको सानेपास्थित ‘शुकल्प स्पा एण्ड थेरापी’बाट एक नाबालिकाको उद्धार गर्दै प्रहरीले सञ्चालिकालाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखा घर भई हाल सानेपा बस्ने सुमन थापा मगर भनिने सुमन कुमाल रहेकी छन्।कुमालले आफ्नो स्पामा कार्यरत नाबालिकालाई प्रलोभनमा पारी ग्राहकहरूको मागअनुसार जबरजस्ती अनैतिक कार्यमा संलग्न गराउने गरेको

    Data is loading...

    Loading brands...

    Loading footer...