सानेपाको स्पाबाट नाबालिकाको उद्धार, सञ्चालिका पक्राउ

Author

सजिलो पत्रिका

२०८३ जेठ २४, आइतबार

12
Share
Featured
  • सानेपा स्थित ‘शुकल्प स्पा एण्ड थेरापी’बाट प्रहरीले एक नाबालिकाको उद्धार गरेको छ।
  • स्पा सञ्चालिका सुमन कुमाल लाई मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी आरोपमा पक्राउ गरिएको छ।
  • प्रहरीका अनुसार नाबालिकालाई प्रलोभनमा पारी अनैतिक कार्यमा संलग्न गराइएको आशंकामा अनुसन्धान भइरहेको छ, र अदालतले आरोपीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

ललितपुरको सानेपास्थित ‘शुकल्प स्पा एण्ड थेरापी’बाट एक नाबालिकाको उद्धार गर्दै प्रहरीले सञ्चालिकालाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखा घर भई हाल सानेपा बस्ने सुमन थापा मगर भनिने सुमन कुमाल रहेकी छन्।

कुमालले आफ्नो स्पामा कार्यरत नाबालिकालाई प्रलोभनमा पारी ग्राहकहरूको मागअनुसार जबरजस्ती अनैतिक कार्यमा संलग्न गराउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। विशेष सूचनाका आधारमा प्रहरी टोलीले उक्त स्पा सेन्टरमा छापा मारी नाबालिकालाई सुरक्षित उद्धार गरेको हो।

पक्राउ परेकी कुमालमाथि मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको छ। जिल्ला अदालत ललितपुरले उनलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। प्रहरीले स्पाको आवरणमा हुने यस्ता आपराधिक गतिविधिमाथि निगरानी बढाएको जनाएको छ।

यो समाचारमा

ललितपुरकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विपक्षी दलहरूको अवरोध कायमै

    काठमाडौँ।प्रमुख प्रतिपक्षीसहित विपक्षी दलहरूले प्रतिनिधि सभा बैठकमा अवरोध कायमै राखेका छन् । प्रधानमन्त्रीले सीमाबारे दिएको अभिव्यक्ति फिर्ता लिएर क्षमायाचना नगरेसम्म सदन चल्न नसक्ने भन्दै उनीहरुले बैठकमा अवरोध जनाइरहेका हुन् ।  

    Data is loading...

    Loading brands...

    Loading footer...