अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिनको माग

Author

सजिलो पत्रिका

२०८३ जेठ २५, सोमबार

8
Share
Featured
  • राप्रपा सांसद ज्ञानेन्द्र शाहीले बजेटअघि करका दर चुहावट भएको आरोप लगाउँदै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि प्रश्न उठाएका छन्।
  • उनले सूचना ‘लिक’ गरेर ७५३ वटा BYD गाडी भन्सार पास गरिएको दाबी गर्दै संसदीय छानबिन समिति गठनको माग गरेका छन्।
  • कर दर चुहावटलाई ‘राजद्रोह’ सरहको कार्य भन्दै दोषीमाथि कडा कारबाही हुनुपर्ने शाहीको भनाइ छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि बजेटका करका दर चुहावट गरेको आरोप लगाउँदै संसदीय छानबिनको माग गरेका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले बजेट सार्वजनिक हुनुअघि नै सूचना 'लिक' गरेर ७५३ वटा बीवाइडी (BYD) गाडी भन्सार पास गरिएको दाबी गरे।

शाहीले करका दर हेरफेरबारे अर्थमन्त्री र उनले तोकेका व्यक्तिबाहेक कसैलाई थाहा नहुने उल्लेख गर्दै यस विषयमा सरकारले नभई संसदले नै छानबिन समिति बनाउनुपर्नेमा जोड दिए। "सूचना लिक भएर १४ गते नै गाडी भन्सार पास हुन्छन्, अनि सरकारले कर्मचारीलाई डाम्न आफैँ छानबिन समिति बनाउँछ?" शाहीले प्रश्न गरे।

उनले करका दर चुहावट गर्ने कार्यलाई 'राजद्रोह' को संज्ञा दिँदै दोषी ठहरिएमा सोही अनुसारको मुद्दा चल्नुपर्ने बताए। सुशासनको नारा दिएर आएको सरकारले कुशासनको बाटो रोजेको भन्दै उनले अर्थमन्त्रीको जवाफदेहितामाथि कडा प्रश्न उठाएका छन्।

यो समाचारमा

ज्ञानेन्द्र शाहीकाठमाडौँराष्ट्रिय प्रजातन्त्र पार्टीस्वर्णिम वाग्ले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भ्रष्टाचार छानबिनदेखि रोहिङ्ग्या फिर्तासम्मका मुद्दाले ततायो सदन

    काठमाडौँ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसदहरूले समसामयिक राष्ट्रिय मुद्दाहरूमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। शून्य समयमा बोल्दै सांसदहरूले भ्रष्टाचारका पुराना काण्डहरूको छानबिन, सुकुमवासी समस्याको समाधान र सार्वजनिक सेवा प्रवाहमा सुधारको माग गरेका हुन्।बैठकमा सांसद ललिताकुमारीले नेपाल भित्रिएका रोहिङ्ग्याहरूलाई फर्काउन माग गरिन् भने सांसद लक्ष्मीप्रसाद पोखरेलले साताको दुई दिने बिदा हटाउन

    Data is loading...

    Loading brands...

    Loading footer...