स्याङ्जामा ४२ वर्षीय पुरुष आफ्नै घर अगाडि मृत फेला

Author

सजिलो पत्रिका

२०८२ पुस ३०, बुधबार

39
Share
Featured
  • स्याङ्जाको चापाकोट नगरपालिका–८ मिर्दिममा ४२ वर्षीय पूर्णचन्द्र पंगेनी आफ्नै घर अगाडि मृत अवस्थामा फेला परेका छन्।
  • मंगलबार बिहान उनकी आमाले देखेपछि प्रहरीलाई जानकारी गराइएको थियो।
  • शव पोस्टमार्टमका लागि चापाकोट अस्पताल पठाइएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

स्याङग्जाको चापाकोट नगरपालिका-८ मिर्दिमका ४२ वर्षीय पूर्ण चन्द्र पंगेनी आफ्नै घर अगाडिको आँपको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। मंगलबार बिहान उनलाई पछ्यौरीको पासो लगाएर झुण्डिएको अवस्थामा उनकी आमाले देखेपछि प्रहरीलाई खबर गरिएको थियो।

पंगेनीकी श्रीमती र छोरी बुटवलमा बस्दै आएका थिए भने उनी घरमा आमासँग बस्दै आएका थिए। आत्महत्याको कारण खुल्न सकेको छैन। इलाका प्रहरी कार्यालय चापाकोटबाट खटिएको प्रहरी टोलीले घटनास्थलको मुचुल्का गरी शवलाई पोस्टमार्टमका लागि चापाकोट अस्पताल पठाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचारमा

काठमाडौँस्याङग्जाचापाकोट नगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    अन्नपूर्ण आरोहण दिवसः गण्डकी पर्यटन विश्वभर चिनिएको दिन ।

    गण्डकी ।  विश्वमा हिमाल आरोहणको जेठो हिमालका रूपमा चासो र चर्चा कमाएको अन्नपूर्ण हिमालको आरोहण भएको दिन जुन ३ ले पोखरासहित समग्र गण्डकी प्रदेशको पर्यटनमा महत्त्वपूर्ण स्थान ओगट्ने गरेको छ ।गण्डकीलाई विश्वव्यापी रूपमा पहिचान गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उक्त हिमालको आरोहण दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । सन्

    Data is loading...

    Loading brands...

    Loading footer...