झापामा एक व्यक्ति रुखमा झुण्डिएको अवस्थामा मृत फेला

Author

सजिलो पत्रिका

२०८२ पुस ११, शुक्रबार

8
Share
Featured
  • झापाको कमल–६, पञ्चकन्या टोलमा ४३ वर्षीय दकेन्द्र राई मृत अवस्थामा फेला परेका छन्।
  • छिमेकीको बारीमा रहेको रुखमा झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरिएको थियो।
  • प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि दमक अस्पताल पठाएको छ र अनुसन्धान जारी छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

झापाको कमल गाउँपालिका–६, पञ्चकन्या टोलमा एक व्यक्ति रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । स्थानीय ४३ वर्षीय दकेन्द्र राई छिमेकीको बारीमा रहेको कदमको रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, आज बिहान राईलाई नाइलनको डोरीले पासो लगाएको अवस्थामा छिमेकीले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी महारानीझोडा र इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले घटनास्थलको मुचुल्का उठाई कानुनी प्रक्रिया पूरा गरेको छ ।

शव पोष्टमार्टमका लागि दमक अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचारमा

कमल गाउँपालिकाकाठमाडौँझापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित

    काठमाडौँ।प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विपक्षी दलहरूले संसद अवरुद्ध गरेपछि प्रतिनिधि सभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ। सोमबारको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्रीको भनाइप्रति विरोध जनाउँदै कार्यसूचीमा प्रवेश गर्न नदिएपछि बैठक सुरुमा १५ मिनेटका लागि स्थगित गरिएको थियो।तर, दलहरूबीच सहमति जुट्न नसकेपछि संघीय संसद् सचिवालयले सूचना टाँसेर बैठक

    Data is loading...

    Loading brands...

    Loading footer...