संसद्को गतिरोध अन्त्य गर्न रवि लामिछानेको पहल

Author

सजिलो पत्रिका

२०८३ जेठ २५, सोमबार

8
Share
Featured
  • रास्वपाका सभापति रवि लामिछाने को आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक जारी रहेको छ।
  • बैठकमा लामिछानेले आफ्नो हालैको भारत भ्रमणका उपलब्धि तथा त्यहाँ भएका छलफलबारे विभिन्न राजनीतिक दलका नेताहरूलाई जानकारी गराएका छन्।
  • संसद्को जारी गतिरोध अन्त्य, प्रभावकारी सदन सञ्चालन र राजनीतिक सहकार्यका सम्भावनाबारे दलहरूबीच छलफल भइरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरवारस्थित सार्वजनिक लेखा समितिको हलमा सर्वदलीय बैठक जारी छ। बैठकमा सभापति लामिछानेले आफ्नो हालै सम्पन्न भारत भ्रमणका उपलब्धि र त्यहाँ भएका छलफलका विषयमा विभिन्न राजनीतिक दलका नेताहरूलाई जानकारी गराएका छन्।

बैठकमा समसामयिक राजनीतिक अवस्था, दलहरूबीचको संवाद र राष्ट्रिय महत्वका विषयमा गहन छलफल भइरहेको छ। विशेषगरी संसद्मा लामो समयदेखि जारी गतिरोध अन्त्य गर्न र प्रभावकारी सदन सञ्चालनका लागि साझा सहमति निर्माण गर्न लामिछानेले पहल थालेका हुन्। सहभागी नेताहरूले संसद्को अवरोध हटाउने उपाय, राजनीतिक सहकार्यका सम्भावना र मुलुकको वर्तमान परिस्थितिबारे आ-आफ्नो धारणा राखिरहेका छन्। यस बैठकले राजनीतिक निकासका लागि ठोस मार्गप्रशस्त गर्ने अपेक्षा गरिएको छ।

यो समाचारमा

काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टीसिंहदरवाररवि लामिछाने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कालापानी र सुस्तामा मात्रै नक्सांकन बाँकी छ- परराष्ट्रमन्त्री खनाल

    काठमाडौँ।परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीच कालापानी क्षेत्र र सुस्तामा मात्रै नक्सांकन गर्न बाँकी रहेको बताएका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री खनालले सुस्ता, लिम्पियाधुरा, कालापानी र लिपुलेक बाहेकका अधिकांश क्षेत्रमा सीमा सम्बन्धी काम भइसकेको जानकारी दिए।प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को हालैको अभिव्यक्ति र भारत भ्रमणबारे प्रष्टीकरण दिँदै मन्त्री खनालले

    Data is loading...

    Loading brands...

    Loading footer...