अवैध चौँरीको पुच्छर ओसार्ने ट्याक्टर र चालक प्रहरी फन्दामा

Author

सजिलो पत्रिका

२०८३ जेठ २७, बुधबार

5
Share
Featured
  • सङ्खुवासभाको हेदाङ्नामा प्रहरीले रु ५.५० लाख मूल्य बराबरका ३६८ वटा चौँरीका पुच्छर सहित एक ट्याक्टर नियन्त्रणमा लिएको छ।
  • किमाथाङ्का नाकाबाट भन्सार छली गरी ल्याइएको आशङ्का गरिएको सामान चेकपोस्टमा जाँचका क्रममा बरामद गरिएको हो।
  • घटनामा संलग्न आरोपमा दिनेश राई पक्राउ परेका छन् भने बरामद सामग्री भन्सार कार्यालयमा बुझाएर थप अनुसन्धान भइरहेको छ।
समाचार सारांशGenerated using AI.

सङ्खुवासभा

मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली ल्याएको रु पाँच लाख ५० हजार मूल्य बराबरको ३६८ वटा चौँरीको पुच्छरसहित एक ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । 

जिल्ला प्रहरी कार्यायल सङ्खुवासभाका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले उत्तरी क्षेत्रको किमाथाङ्का नाकाबाट अवैध रुपमा भन्सार छलेर ल्याइएका चौँरीको पुच्छरसहित ट्याक्टर नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।  

इलाका प्रहरी कार्यालय हेदाङ्नागढीले कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडकखण्डको हेदाङ्ना चेकपोष्टमा भोटखोला गाउँपालिकाको हुङ्गुङबाट खाँदबारीतर्फ आउँदै गरेको १–०२–००३ त १२१७ नम्बर ट्याक्टर जाँच गर्ने क्रममा अवैध चौँरीको पुच्छर फेला परेको हो । 

घटनामा संलग्न रहेको आरोपमा ट्याक्टर चालक चिचिला गाउँपालिका–१ निवासी २० वर्षीय दिनेश राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भन्सार छली ल्याइएको  चौँरीको पुच्छर कसको हो, भन्ने अहिलेसम्म खुल्न सकेको छैन ।  नियन्त्रणमा लिएको अवैध चौँरीको पुच्छर किमाथाङ्का भन्सार कार्यालय खाँदबारीमा बुझाइएको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय हेदाङ्नाको गस्ती टोलीले चौँरीको पुच्छर र ट्याक्टर नियन्त्रणमा लिएर थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाएको  छ । 

यो समाचारमा

मकालु गाउँपालिकाचिचिला गाउँपालिकासङ्खुवासभा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    व्यावसायिक कृषि र उद्यमले रौतहटका एक हजार महिला बने आत्मनिर्भर

    रौतहट।रौतहटको चन्द्रपुर नगरपालिका र राजपुर गाउँपालिकाका ग्रामीण महिलाहरू अहिले आर्थिक रूपमा सबल मात्र भएका छैनन्, समाजमा आफ्नो अधिकारका लागि आवाज उठाउन समेत सक्षम बनेका छन्। व्यावसायिक तरकारी खेती, बाख्रापालन, किराना पसल र टेलरिङ जस्ता व्यवसायमार्फत उनीहरूले आफ्नो र परिवारको जीवनस्तरमा उल्लेख्य सुधार ल्याएका छन्।चन्द्रपुर–७ की दुखनी थरुनीले पाँच कठ्ठामा लगाएको

    Data is loading...

    Loading brands...

    Loading footer...