
सङ्खुवासभा।मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली ल्याएको रु पाँच लाख ५० हजार मूल्य बराबरको ३६८ वटा चौँरीको पुच्छरसहित एक ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यायल सङ्खुवासभाका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले उत्तरी क्षेत्रको किमाथाङ्का नाकाबाट अवैध रुपमा भन्सार छलेर ल्याइएका चौँरीको पुच्छरसहित ट्याक्टर नियन्त्रणमा लिएको जानकारी दिनुभयो । इलाका प्रहरी...