सुधन गुरुङको आजै गृहमन्त्रीमा नियुक्त हुँदै !

Author

सजिलो पत्रिका

२०८३ जेठ २६, मङ्गलबार

13
Share
Featured
  • छानबिन समितिबाट ‘क्लीन चिट’ पाएपछि सुदन गुरुङ पुनः गृहमन्त्री बन्ने भएका छन्।
  • सम्पत्ति सम्बन्धी विवादपछि उनले यसअघि गृहमन्त्री पदबाट राजीनामा दिएका थिए।
  • प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा गुरुङको शपथ ग्रहण आज दिउँसो ३ बजे राष्ट्रपति कार्यालयमा हुने तयारी गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को नेतृत्वको सरकारमा सुदन गुरुङ पुनः गृहमन्त्री बन्ने भएका छन्। छानबिन समितिबाट 'क्लीन चिट' पाएपछि उनलाई पुनः गृह मन्त्रलयको जिम्मेवारी दिन लागिएको हो।

यसअघि सम्पत्ति लगायतका विभिन्न विषयमा विवादमा परेपछि गुरुङले मन्त्री पदबाट राजीनामा दिएका थिए। उनीमाथि लागेका आरोपबारे छानबिन गर्न सरकारले समिति गठन गरेको थियो। उक्त समितिले उनलाई निर्दोष ठहर गरेपछि प्रधानमन्त्री शाहले उनलाई पुनः मन्त्रिपरिषद्मा फर्काउने निर्णय गरेका हुन्।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, गुरुङको शपथ ग्रहण आजै दिउँसो ३ बजे राष्ट्रपति कार्यालयमा हुने तय भएको छ। यसका लागि राष्ट्रपति कार्यालयलाई आवश्यक पत्राचार समेत गरिसकिएको छ।

यो समाचारमा

बालेन्द्र शाह (बालेन)सुदन गुरुङगृह मन्त्रलयकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कालापानी र सुस्तामा मात्रै नक्सांकन बाँकी छ- परराष्ट्रमन्त्री खनाल

    काठमाडौँ।परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीच कालापानी क्षेत्र र सुस्तामा मात्रै नक्सांकन गर्न बाँकी रहेको बताएका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री खनालले सुस्ता, लिम्पियाधुरा, कालापानी र लिपुलेक बाहेकका अधिकांश क्षेत्रमा सीमा सम्बन्धी काम भइसकेको जानकारी दिए।प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को हालैको अभिव्यक्ति र भारत भ्रमणबारे प्रष्टीकरण दिँदै मन्त्री खनालले

    Data is loading...

    Loading brands...

    Loading footer...