
काठमाडौँ।सरकारले करको दायरा विस्तार गर्न र लामो समयदेखि आय विवरण नबुझाएका करदातालाई औपचारिक प्रणालीमा ल्याउन आयकर, शुल्क तथा ब्याज मिनाहासम्बन्धी विशेष व्यवस्था ल्याएको छ। आर्थिक वर्ष २०८३/८४ को आर्थिक विधेयकमार्फत ल्याइएको यो सुविधा २०८३ साल पुस मसान्तसम्म कायम रहनेछ।नयाँ व्यवस्थाअनुसार हालसम्म स्थायी लेखा नम्बर (प्यान) नलिएका व्यक्तिले प्यान लिएर आर्थिक...