रास्वपा सभापति र भाजपा अध्यक्षबीच भेटवार्ता ।

Author

सजिलो पत्रिका

२०८३ जेठ १९, मङ्गलबार

16
Share
Featured

नयाँ दिल्ली ।  सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने मंगलबार भारतको सत्ताधारी दल भारतीय जनता पार्टी ९भाजपा० को मुख्यालय नयाँ दिल्ली पुग्नुभएको छ।भाजपाका नवनियुक्त राष्ट्रिय अध्यक्ष नितिन नवीनसँग भेटवार्ता गर्न  सभापति लामिछाने त्यहाँ पुग्नुभएको हो।

भाजपाले सञ्चालन गरिरहेको ‘भाजपालाई जान्नुहोस्’ अभियान अन्तर्गत दुई नेताबिच यो भेटवार्ता भएको हो। यस भ्रमणको मुख्य उद्देश्य रास्वपा र भाजपाबिच पार्टीगत सम्बन्धको सुरुवात गर्नुका साथै सीमापार राजनीतिक समझदारीलाई थप मजबुत बनाउनु रहेको छ।

भेटका क्रममा दुवै नेताहरूबिच दलीय संगठनात्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया र जनता केन्द्रित राजनीतिक पहुँचका विषयमा विस्तृत रूपमा विचार आदानप्रदान गर्ने अवसर मिलेको छ। भारतीय जनता पार्टीले नेपाली प्रतिनिधिमण्डललाई मुख्यालयमा न्यानो स्वागत गर्दै यो भ्रमणबाट दुई पार्टीबीच रचनात्मक संवाद स्थापित हुने अपेक्षा राखेको बताएको छ। ‘भाजपालाई जान्नुहोस्’ अभियान विदेशी कूटनीतिक समुदायलाई भारतीय जनता पार्टीको ऐतिहासिक यात्रा, मुख्य विचारधारा, संगठनात्मक संरचना, शासकीय स्वरूप र हाल भइरहेका विभिन्न राजनीतिक गतिविधिहरूबारे जानकारी गराउने उद्देश्यले तयार पारिएको शृङ्खलाबद्ध कार्यक्रम हो।

यो विशेष अभियानको सुरुवात भाजपाका पूर्व अध्यक्ष जेपी नड्डाले सन् २०२३ मा पार्टीको ४३ औँ स्थापना दिवसका अवसरमा गरेका थिए। यसअघि गत शनिबार मात्र भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनले पार्टीको आन्तरिक गौरवबारे चर्चा गर्दै भारतीय जनता पार्टीको यात्रा केवल एउटा राजनीतिक दलको विस्तारको कथा मात्र नभई यो राष्ट्रवाद, सांस्कृतिक चेतना, सेवा, सङ्घर्ष र समाजको अन्तिम व्यक्तिसम्म विकास पुर्‍याउने सङ्कल्पको ऐतिहासिक यात्रा भएको बताएका थिए। रास्वपा सभापति लामिछानेको यो भ्रमणले नेपाल र भारतका प्रमुख दलहरूबिचको सम्बन्धमा नयाँ आयाम थपिने अनुमान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुधन गुरुङबारे छानबिन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

    काठमाडौँ।तत्कालीन गृहमन्त्री सुदन गुरुङमाथि लागेको अकुत सम्पत्तिको आरोपबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई आफ्नो प्रतिवेदन बुझाएको छ। जेठ १८ गते म्याद सकिएको समितिले पाँच दिनको थप समय लिएर प्रतिवेदन तयार पारेको हो।सम्पत्तिको स्रोत नखुलेको र अकुत सम्पत्ति जोडेको समाचार सार्वजनिक भएपछि गुरुङले गत वैशाख ९

    Data is loading...

    Loading brands...

    Loading footer...