सम्पर्कविहीन निजामती कर्मचारीलाई ३ दिनभित्र हाजिर हुन सरकारको निर्देशन

Author

सजिलो पत्रिका

२०८३ जेठ २२, शुक्रबार

5
Share
Featured
  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले अध्ययन तथा असाधारण बिदा सकिएपछि पनि कार्यलयमा हाजिर नभएका निजामती कर्मचारीलाई ३ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।
  • मन्त्रालयले यस्ता कर्मचारीहरूलाई आफ्नो व्यक्तिगत विवरण (PIS) अद्यावधिक गराउन र सम्बन्धित निकायहरूलाई कर्मचारीहरूको बिदा तथा हाजिरी विवरण बुझाउन ताकेता गरेको छ।
  • बिदा सकिएपछि पनि कार्यलय नफर्कने वा सम्पर्कमा नआउने कर्मचारीमाथि प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सरकारले अध्ययन तथा असाधारण बिदा सकिएपछि पनि कार्यलयमा हाजिर नभएका र लामो समयदेखि सम्पर्कमा नरहेका निजामती कर्मचारीहरूलाई तत्काल सम्पर्कमा आउन निर्देशन दिएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना जारी गर्दै यस्ता कर्मचारीहरूलाई तीन दिनभित्र अनिवार्य रूपमा आफ्नो व्यक्तिगत विवरण (PIS) अद्यावधिक गराउन ताकेता गरेको हो।

मन्त्रालयका अनुसार अध्ययन वा असाधारण बिदामा रहेका धेरै कर्मचारीहरूको अभिलेख राष्ट्रिय किताबखाना (निजामती) मा अद्यावधिक नभएको र बिदा अवधि सकिएपछि पनि उनीहरू कार्यलयमा नफर्किएको गुनासो प्राप्त भएको छ। मन्त्रालयले सबै मन्त्रालय, आयोग र केन्द्रीय निकायहरूलाई आफ्ना मातहतका कर्मचारीहरूको बिदा र हाजिरीको अवस्था यकिन गरी तीन दिनभित्र विवरण बुझाउन निर्देशन दिएको छ।

बिदा सकिएर पनि कार्यलय नफर्कने वा सम्पर्कमा नआउने कर्मचारीहरूको हकमा प्रचलित कानुनबमोजिम कडा कारबाही प्रक्रिया अगाडि बढाइने मन्त्रालयले चेतावनी दिएको छ। निजामती सेवाको अभिलेख व्यवस्थापनलाई पारदर्शी र उत्तरदायी बनाउन सरकारले यो कदम चालेको हो।


यो समाचारमा

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुधन गुरुङबारे छानबिन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

    काठमाडौँ।तत्कालीन गृहमन्त्री सुदन गुरुङमाथि लागेको अकुत सम्पत्तिको आरोपबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई आफ्नो प्रतिवेदन बुझाएको छ। जेठ १८ गते म्याद सकिएको समितिले पाँच दिनको थप समय लिएर प्रतिवेदन तयार पारेको हो।सम्पत्तिको स्रोत नखुलेको र अकुत सम्पत्ति जोडेको समाचार सार्वजनिक भएपछि गुरुङले गत वैशाख ९

    Data is loading...

    Loading brands...

    Loading footer...