वातावरण संरक्षणमा सबैको साझा प्रयास आवश्यक- मुख्यमन्त्री कार्की

Author

सजिलो पत्रिका

२०८३ जेठ २२, शुक्रबार

5
Share
Featured
  • मुख्यमन्त्री हिक्मत कुमार कार्की ले विश्व वातावरण दिवसका अवसरमा जलवायु परिवर्तनका कारण कोशी प्रदेशमा देखिएका गम्भीर चुनौतीप्रति चिन्ता व्यक्त गरेका छन्।
  • उनले हिमालमा हिउँ पग्लने दर वृद्धि, हिमताल विस्फोटको जोखिम, पानीका स्रोत सुक्नु तथा चुरे क्षेत्रको दोहनले पर्यावरणीय सन्तुलनमा असर परेको बताएका छन्।
  • मुख्यमन्त्री कार्कीले वृक्षारोपण, प्रदूषण नियन्त्रण र वातावरणमैत्री जीवनशैली अपनाउँदै वातावरण संरक्षणका लागि सरकार, निजी क्षेत्र र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको बताएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

विश्व वातावरण दिवस (जुन ५) को अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जलवायु परिवर्तनका कारण प्रदेशमा देखिएकागम्भीर चुनौतीप्रति चिन्ता व्यक्त गरेका छन्। शुक्रबार एक शुभकामना सन्देश जारी गर्दै उनले हिमालदेखि तराईसम्म फैलिएको कोशी प्रदेशले जलवायु परिवर्तनको प्रत्यक्ष असर भोगिरहेको उल्लेख गरे।

मुख्यमन्त्री कार्कीले हिउँ पग्लने दर बढ्नु, हिमताल विस्फोटको जोखिम, पानीका स्रोत सुक्नु र चुरे क्षेत्रको दोहनले पर्यावरणीय सन्तुलन खलबलिएको बताए। उनले तीव्र विकास र मानवीय गतिविधिका कारण प्राकृतिक स्रोतमाथि दबाब बढेको भन्दै वन, नदी र जैविक विविधताको संरक्षणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

वृक्षारोपण, प्रदूषण नियन्त्रण र वातावरणमैत्री जीवनशैली अपनाउन आग्रह गर्दै उनले भावी पुस्ताको सुरक्षित भविष्यका लागि सरकार, निजी क्षेत्र र नागरिक समाजबीच सहकार्य हुनुपर्ने बताए। वातावरण संरक्षण र जलवायु परिवर्तनबारे जनचेतना जगाउन हरेक वर्ष जुन ५ मा विश्वभर यो दिवस मनाइन्छ।

यो समाचारमा

काठमाडौँहिक्मत कुमार कार्कीकोशी प्रदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुधन गुरुङबारे छानबिन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

    काठमाडौँ।तत्कालीन गृहमन्त्री सुदन गुरुङमाथि लागेको अकुत सम्पत्तिको आरोपबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई आफ्नो प्रतिवेदन बुझाएको छ। जेठ १८ गते म्याद सकिएको समितिले पाँच दिनको थप समय लिएर प्रतिवेदन तयार पारेको हो।सम्पत्तिको स्रोत नखुलेको र अकुत सम्पत्ति जोडेको समाचार सार्वजनिक भएपछि गुरुङले गत वैशाख ९

    Data is loading...

    Loading brands...

    Loading footer...