खोक्सिक किसानका आय बढ्यो, वैकल्पिक बालीको रुपमा अदुवाखेती ।

Author

सजिलो पत्रिका

२०८३ जेठ १३, बुधबार

20
Share
Featured


भोजपुर ।  रामप्रसाद राई गाउँपालिका–८  खोक्सिक भोजपुरका किसान व्यावसायिक अदुवाखेतीतर्फ आकर्षित हुन थालेका छन् । 

 वैकल्पिक तथा  आम्दानीमुखी बालीका रुपमा अदुवाखेती अँगाल्दै किसानहरुले  व्यावसायिक उत्पादन विस्तार गर्न थालेका हुन् ।

किसानलाई व्यावसायिक अदुवाखेतीमा लाग्न प्रोत्साहन गर्न वडा तथा गाउँपालिकाले आवश्यक सहयोग गर्दै आएको वडाध्यक्ष बाचकुमार राईले बताउनुभयो । गुराँस सहकारी संस्थामा आबद्ध आठ जनाले किसानले व्यावसायिक रुपमा अदुवाखेती गरिरहेको उहाँले जानकारी दिनुभयो । 

स्थानीयस्तरमा उपयुक्त हावापानी र माटोको उपलब्धतासँगै अदुवाखेतीबाट राम्रो उत्पादन लिन सकिने भएपछि किसानहरु यसतर्फ आकर्षित भएको उहाँको भनाइ छ ।  “हामीले व्यावसायिक अदुवा खेतीमा जोड दिएका छौँ,” वडाध्यक्ष राईले भन्नुभयो, “खेती गर्न इच्कुछ किसानलाई स्थानीय सरकारले पनि आवश्यक सहयोग गरेको छ । किसानलाई अनुदानमा अदुवाको बीउ वितरण गरेका छौँ ।”

आवश्यक अनुदान सहयोगसँगै कृषि ज्ञान, तालिम तथा प्राविधिक सहयोग उपलब्ध भएसँगै अदुवाखेतीमा लाग्न सहजता भएको स्थानीय किसान मनोज राईले बताउनुभयो । “अदुवाखेतीबाट अन्य बालीभन्दा राम्रो आम्दानी हुन थालेको छ,” उहाँले भन्नुभयो, “अदुवाबाट राम्रो आम्दानी हुने भएपछि खेती विस्तारमा जुटेका छौँ । यसले घरखर्च चलाउन सहज भएको छ ।”

अदुवाखेती परम्परागत बालीको तुलनामा राम्रो आम्दानी हुने स्थानीय किसान कमल राईले बताउनुभयो । अदुवालाई अन्यबालीको तुलनामा बाँदरले पनि कम क्षति पु¥याउने भएकाले किसानले खेती विस्तारमा जुटेको उहाँको भनाइ छ । 

किसानले व्यक्तिगत तथा सामूहिक रूपमा अदुवाखेती विस्तार गर्दै आएका आएको स्थानीय किसान देवकुमार राईले बताउनुभयो । आफूले अहिले करिब तीन रोपनी क्षेत्रमा अदुवा विस्तार गरेको उहाँले जानकारी दिनुभयो ।  

स्थानीय तहले अदुवाखेतीको विस्तारसँगै प्रशोधन, भण्डारण र बजारीकरणमा समेत जोड दिने योजना बनाएको छ । यसले खोक्सिक क्षेत्रलाई अदुवा उत्पादनको सम्भावनायुक्त क्षेत्रका रूपमा विकास गर्ने वडाले जनाएको छ । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    तोलामा २०० रूपैयाँले घट्यो सुन

    काठमाडौँ।स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ सय र चाँदी तोलामा ८५ रुपैयाँले घटेको हो।महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलाको ३ लाख १ हजार १० रुपैयाँ कायम भएको छ। बुधबार प्रतितोला ३ लाख ११ हजार ३०० रूपैयाँ थियो।त्यसैगरी

    Data is loading...

    Loading brands...

    Loading footer...