काठमाडौँ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसदहरूले समसामयिक राष्ट्रिय मुद्दाहरूमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। शून्य समयमा बोल्दै सांसदहरूले भ्रष्टाचारका पुराना काण्डहरूको छानबिन, सुकुमवासी समस्याको समाधान र सार्वजनिक सेवा प्रवाहमा सुधारको माग गरेका हुन्।बैठकमा सांसद ललिताकुमारीले नेपाल भित्रिएका रोहिङ्ग्याहरूलाई फर्काउन माग गरिन् भने सांसद लक्ष्मीप्रसाद पोखरेलले साताको दुई दिने बिदा हटाउन













