सुधन गुरुङ र महावीर पुनले लिए मन्त्री पदको शपथ

Author

सजिलो पत्रिका

२०८३ जेठ २६, मङ्गलबार

6
Share
Featured
  • प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् विस्तार गर्दै सुदन गुरुङलाई गृहमन्त्री र महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री नियुक्त गरेका छन्।
  • छानबिन समितिबाट सफाइ पाएपछि सुदन गुरुङ पुनः गृहमन्त्री बनेका हुन्।
  • राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा दुवै मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त गृहमन्त्री सुदन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई नेपालको संविधानको धारा ८० बमोजिम शपथ गराएका हुन्।

रास्वपाका सांसद सुधन गुरुङ यसअघि पनि गृहमन्त्री थिए। व्यापारीसँगको सेयर लगानी विवादमा परेपछि राजीनामा दिएका उनलाई छानबिन समितिले सफाइ दिएको प्रतिवेदन मन्त्रिपरिषद्ले ग्रहण गरेलगत्तै पुनः गृहमन्त्री नियुक्त गरिएको हो।

त्यस्तै, म्याग्दीबाट स्वतन्त्र सांसदका रूपमा निर्वाचित महावीर पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी पाएका छन्। पुन यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षामन्त्री थिए। शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायक प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानन्यायाधीश डा. मनोज कुमार शर्मा, सभामुख डोल प्रसाद अर्याल लगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।

यो समाचारमा

सुदन गुरुङडोल प्रसाद अर्यालम्याग्दीबालेन्द्र शाह (बालेन)
सुशीला कार्की6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कालापानी र सुस्तामा मात्रै नक्सांकन बाँकी छ- परराष्ट्रमन्त्री खनाल

    काठमाडौँ।परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीच कालापानी क्षेत्र र सुस्तामा मात्रै नक्सांकन गर्न बाँकी रहेको बताएका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री खनालले सुस्ता, लिम्पियाधुरा, कालापानी र लिपुलेक बाहेकका अधिकांश क्षेत्रमा सीमा सम्बन्धी काम भइसकेको जानकारी दिए।प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को हालैको अभिव्यक्ति र भारत भ्रमणबारे प्रष्टीकरण दिँदै मन्त्री खनालले

    Data is loading...

    Loading brands...

    Loading footer...