
काठमाडौँनेपाली काँग्रेसका सांसद अर्जुन नरसिंह के.सीले भदौ २३ र २४ गतेको घटनासम्बन्धी मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् ।प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद केसीले राष्ट्रिय मानवअधिकार आयोगले लिली थापा नेतृत्वको समितिमार्फत तयार पारेको प्रतिवेदन किन र कसको कारण सार्वजनिक हुन नसकेको हो भन्ने विषय सदनलाई जानकारी हुनुपर्ने बताए...