कर्णालीमा हिउँदे अधिवेशन : प्रदेशको समृद्धिका लागि सबै दलको सहकार्य जरुरी

Author

सजिलो पत्रिका

२०८२ माघ १८, आइतबार

26
Share
Featured
  • कर्णाली प्रदेश सभाको हिउँदे (सातौँ) अधिवेशन आगलागीका कारण ढिलाइपछि कृषि तथा पशुपन्छी प्रशिक्षण केन्द्रको सभाहलमा सुरु भएको छ।
  • मुख्यमन्त्री कँडेलले कर्णालीको विकासका लागि दलहरूबीच सहकार्य आवश्यक रहेको बताए भने विभिन्न दलका नेताहरूले जेनजी आन्दोलनपछि आएको अस्थिरता र सुशासनको कमजोरीमाथि आलोचना गरे।
  • हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनका रूपमा लिँदै प्रदेशका आवश्यक कानून निर्माण र सुशासन, सुरक्षा तथा विकासका मुद्दामा बहस केन्द्रित भएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन सुरु भएको छ । बर्खे अधिवेशन भएको झण्डै छ महिनापछि कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन सुरु भएको हो ।

गत साउन २१ गते प्रदेश सभाको छैठौं अधिवेशन अन्त्य भएको थियो । गत भदौ २४ मा आगजनी र तोडफोडबाट प्रदेशसभा भवनमा क्षति भएका कारण प्रदेशसभा बैठकमा ढिलाइ भएको हो ।

गत माघ ९ गते बसेको कर्णाली मन्त्रिपरिषद् बैठकले माघ १८ गतेदेखि हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो । जेनजी आन्दोलनका कारण कर्णाली प्रदेशसभा आगलागीबाट ध्वस्त भएपछि प्रदेशसभा अधिवेशनको बैठक बस्न वैकल्पिक स्थानको खोजी गरिएको हो ।

संसद्को सातौँ अधिवेशन कृषि तथा पशुपन्छी प्रशिक्षण केन्द्रको सभाहलमा बसेको छ । विधेयक अधिवशनका रुपमा लिइने हिउँदे अधिवेशले प्रदेश सरकारका लागि आवश्यक कानून निर्माण गर्ने विश्वास गरिएको छ ।

प्रदेश सभाको हिउँदे अधिवेशनको सुरुवातमा कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीकाृे बिकास र समृद्धिका लागि सबै दलको सहकार्य जरुरी भएको बताए । उनले जेनजी आन्दोलनका कारण कर्णाली प्रदेशसभाको अधिवेशन आव्ह्रानमा ढिलाई भएको बताए ।

‘भदौ २३ र २४ गतेको घटना अकल्पनीय थियो’ उनले भने, ‘उक्त घटना पछि नागरिक सरकार भनिएको गैर दलीय सरकारकोभरमा मुलुक चल्नु परेको छ ।’

नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका नेता मंगलबहादुर शाहीले जेनजी आन्दोलनले मुलुकको शासन व्यवस्था परिवर्तन गरिदिएको बताए । सुशासन र परिवर्तनको माग राखेर भएको आन्दोलनले सरकार ढलेको भन्दै सुशासन कायम गर्न नसके प्रदेश संरचनामा पनि प्रश्न उब्जिएको बताए ।

‘हाम्रो लक्ष्य सुशासन रहेको छ । बिकासका नारा हामीले लगाएका छौ’ उनले भने, ‘तर सरकारले सुशासन कायम गर्ने र बिकासका योजना कार्यान्वयन गर्न सकिरहेको छैन ।’

नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले जेनजीको नाममा भएको आन्दोलनले ल्याएको सरकार परिवर्तनले मुलुकलाई झन् अस्थिरतातिर धकेलेको बताए ।

‘सरकार जुन गतीमा जानु पर्ने थियो त्यो गतीमा जान सकेन’ उनले भने, ‘सरकारका क्रियाकलापले जनतामा निराशा छाएको मात्र छैन, संघीय व्यवस्थाप्रति नै बितृष्णा पैदा गराएको छ ।’

सरकारको बजेटको खर्चको प्रगती, निती तथा कार्यक्रम कार्यान्वयनको अवस्था तथा प्रदेशको कमजोर सुरक्षा व्यवस्थाले नागरिकहरु संघीयताकोविरुद्धमा जान बाध्य हुने अवस्था सिर्जना भएको शाहीले बताए । कर्णालीको अबिकाशलाई प्रतिपक्ष बनाएर संसदमा कोही पनि प्रतिपक्ष नरहने वातावरण सरकारले बनाउनु पर्ने उनको भनाई छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रमूख सचेतक टेकराज पछाईले जेनजी आन्दोलन पछि राष्ट्रियता कमजोर बनेको तथा त्यसको नाममा भएको अराजकताले विध्वंस निम्त्याएको बताए ।

उनले राष्ट्रको बिकास र सुशासनका लागि भएको आन्दोलनमा भएको घुसपैठले मुलुक दशकौपछि धकेलिएको र मुलुकलाई अस्थिरतामा लैजान खोजेको शक्ति सफल भएको उनको भनाई छ । यस्तो बेला मुलुुकको राष्ट्रिय सुरक्षा र समृद्धिका लागि सबै दलहरुको सहकार्य जरुरी भएको उनले बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सन्तोषी शाहीले राजसंस्थाको पुर्नस्थापना र गैरदलिय स्थानीय तहले मात्र मुलुकलाई समृद्धितर्फ लैजाने भनाई राखिन् ।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टीनेपाली काँग्रेसकाठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)
राष्ट्रिय प्रजातन्त्र पार्टी4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुधन गुरुङबारे छानबिन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

    काठमाडौँ।तत्कालीन गृहमन्त्री सुदन गुरुङमाथि लागेको अकुत सम्पत्तिको आरोपबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई आफ्नो प्रतिवेदन बुझाएको छ। जेठ १८ गते म्याद सकिएको समितिले पाँच दिनको थप समय लिएर प्रतिवेदन तयार पारेको हो।सम्पत्तिको स्रोत नखुलेको र अकुत सम्पत्ति जोडेको समाचार सार्वजनिक भएपछि गुरुङले गत वैशाख ९

    Data is loading...

    Loading brands...

    Loading footer...