२४ घण्टामा २३ सय बढी सवारीचालक कारबाहीमा, २१ लाख बढी राजस्व संकलन

Author

सजिलो पत्रिका

२०८३ जेठ २६, मङ्गलबार

7
Share
Featured
  • पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने २,३९२ जना सवारीचालक कारबाहीमा परेका छन्।
  • कारबाहीबाट राज्यकोषमा २१ लाख ९२ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ।
  • मापसे, राइड सेयरिङ, ट्राफिक लाइट उल्लङ्घन, तीव्र गति, लेन अनुशासन उल्लङ्घन र एकतर्फी सडकमा सवारी चलाउनेहरू मुख्य रूपमा कारबाहीमा परेका छन्।
  • समाचार सारांशGenerated using AI.

    काठमाडौँ

    ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा दुई हजार ३९२ जना सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २१ लाख ९२ हजार ५०० राजस्व दाखिला भएको छ ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका ९२, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १७१, सङ्केत बत्ती उल्लङ्घनकर्ता १५१ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १४५ जनालाई कारबाही गरिएको छ ।

    त्यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ५६, निषेधित क्षेत्रमा हर्न बजाउने १४५, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १५१, एकतर्फी सडकमा सवारी चलाउने १५९ र अन्य सवारी नियम पालना नगरेका एक हजार ३९४ गरी कुल दुई हजार ३९२ जनालाई कारबाही गरिएको हो ।

    यो समाचारमा

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

      कुल मतदान: 0

      सम्बन्धित समाचार

      sajilo patrika

      व्यावसायिक कृषि र उद्यमले रौतहटका एक हजार महिला बने आत्मनिर्भर

      रौतहट।रौतहटको चन्द्रपुर नगरपालिका र राजपुर गाउँपालिकाका ग्रामीण महिलाहरू अहिले आर्थिक रूपमा सबल मात्र भएका छैनन्, समाजमा आफ्नो अधिकारका लागि आवाज उठाउन समेत सक्षम बनेका छन्। व्यावसायिक तरकारी खेती, बाख्रापालन, किराना पसल र टेलरिङ जस्ता व्यवसायमार्फत उनीहरूले आफ्नो र परिवारको जीवनस्तरमा उल्लेख्य सुधार ल्याएका छन्।चन्द्रपुर–७ की दुखनी थरुनीले पाँच कठ्ठामा लगाएको

      Data is loading...

      Loading brands...

      Loading footer...