छानबिन समितिबाट सफाइ पाउनेमा सुधन गुरुङ ढुक्क, भने– 'फेरि गृह मन्त्रालय सम्हाल्दैछु'

Author

सजिलो पत्रिका

२०८३ जेठ २४, आइतबार

5
Share
Featured
  • पूर्वगृहमन्त्री सुधन गुरुङ ले आफू पुनः गृहमन्त्री बनेमा सुरुका दुई महिना बधाई दिन वा तस्बिर खिच्न मन्त्रालय नआउन आग्रह गरेका छन्।
  • सम्पत्तिसम्बन्धी आरोपको निष्पक्ष छानबिनका लागि आफूले मन्त्री पदबाट राजीनामा दिएको र छानबिनबाट सफाइ पाउनेमा विश्वस्त रहेको उनले बताएका छन्।
  • गुरुङले छानबिन समितिसमक्ष बयानका क्रममा समितिका सदस्यहरूलाई पनि सम्पत्ति छानबिनबारे प्रतिप्रश्न गरेको उल्लेख गर्दै प्रतिवेदनको निष्कर्षप्रति आशावादी रहेको बताएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

पूर्वगृहमन्त्री सुदन गुरुङले आफू पुनः गृह मन्त्रलयको जिम्मेवारीमा फर्किए सुरुका दुई महिना बधाई दिन र तस्बिर खिच्न मन्त्रालय नआउन आग्रह गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखाको पहिलो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले काममा केन्द्रित हुनका लागि यस्तो आग्रह गरेका हुन्।

"यदि समितिबाट सफाइ पाएर सरकारले मलाई पुनः गृहमन्त्री बनायो भने सुरुका दुई महिना कोही पनि बधाई दिन र तस्बिर खिच्न नआइदिनुहोला," गुरुङले भने। आफ्नो सम्पत्तिको विषयमा उठेका प्रश्नहरूको छानबिनका लागि मार्गप्रशस्त गर्न मन्त्री पदबाट राजीनामा दिएको उल्लेख गर्दै उनले आफूले सफाइ पाउनेमा पूर्ण विश्वास व्यक्त गरे।
छानबिन समितिसमक्ष दिएको बयानबारे चर्चा गर्दै उनले समितिका सदस्यहरूलाई नै प्रतिप्रश्न गरेको खुलासा गरे। "समितिले यतिका सम्पत्ति कहाँबाट ल्याउनुभयो भनेर सोध्दा मैले पनि तपाईंहरूको पनि सम्पत्ति छानबिन गरौँ न त भनेर प्रतिप्रश्न गरिदिएँ," उनले सुनाए। हाल छानबिन समितिको प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा पुगिसकेको र आफू पुनः जिम्मेवारीमा फर्किनेमा आशावादी रहेको उनले बताए।

यो समाचारमा

सुदन गुरुङकाठमाडौँगृह मन्त्रलयराष्ट्रिय स्वतन्त्र पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    व्यावसायिक कृषि र उद्यमले रौतहटका एक हजार महिला बने आत्मनिर्भर

    रौतहट।रौतहटको चन्द्रपुर नगरपालिका र राजपुर गाउँपालिकाका ग्रामीण महिलाहरू अहिले आर्थिक रूपमा सबल मात्र भएका छैनन्, समाजमा आफ्नो अधिकारका लागि आवाज उठाउन समेत सक्षम बनेका छन्। व्यावसायिक तरकारी खेती, बाख्रापालन, किराना पसल र टेलरिङ जस्ता व्यवसायमार्फत उनीहरूले आफ्नो र परिवारको जीवनस्तरमा उल्लेख्य सुधार ल्याएका छन्।चन्द्रपुर–७ की दुखनी थरुनीले पाँच कठ्ठामा लगाएको

    Data is loading...

    Loading brands...

    Loading footer...