लेर्डल ग्लोबल हेल्थ द्वारा सरकारलाई आपतकालीन हेरचाह लर्निङ ल्याब किट हस्तान्तरण

Author

सजिलो पत्रिका

२०८२ पुस ३०, बुधबार

54
Share
Featured

काठमाडौँ

लेर्डल ग्लोबल हेल्थले नेपाल सरकारलाई आपतकालीन हेरचाह लर्निङ ल्याब किट हस्तान्तरण गरेको छ । नेपालको स्वास्थ्य सेवा समृद्ध बनाउने उद्येश्यले लेडर ग्लोबल हेल्थले बुधबार एक विशेष कार्यक्रमको आयोजना गर्दै सरकारलाई उक्त किट हस्तान्तरण गरेको हो ।

सोही क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले अहिलेको अवस्था कमजोर भएको हुनाले हालका लागि सबै प्रकारका साथ र सहयोगलाई स्वागत गर्न तयार रहेको भन्दै आजको सहयोग क्षमता विकासको लागि प्रभावकारी हुने बताईन् ।

उनले भनिन्, ‘हाम्रो टिमले काठमाडौं उपत्यका र उपत्यका बाहिर पनि प्रदेश सरकार स्थानीय सरकारहरू मार्फत विभिन्न प्रकारका प्रकोपहरू रोक्न र प्रतिक्रिया दिन आफ्नो सर्वोत्तम प्रयास गरिरहेका छन् । तालिम सम्पूर्ण प्रतिक्रियाको एक घटक हो । अझै धेरै कामहरु गर्न बाँकी छ । अहिलेको हाम्रो अवस्था अलि कमजोर भएको हुनाले अहिलेको लागि सबै साथ र सहयोगलाई हामी स्वागत गर्न चहान्छौ । त्यसकारण आजको यो सहयोग हाम्रो क्षमता विकासको लागि प्रभावकारी हुनेछ ।’

यस्तै, उनले सकेसम्म धेरै साझेदारहरूसम्म पुग्ने प्रयास गर्नुपर्ने भन्दै यसबाट लक्ष्यहरू प्राप्त गर्न मद्दत पुग्ने बताईन् ।

यो समाचारमा

डा. सुधा शर्मा गौतमकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    इबोला सङ्क्रमित मुलुकबाट अमेरिका प्रवेशमा कडाइ

    काठमाडौँअमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले पूर्वी र मध्य अफ्रिकामा देखिएको इबोला प्रकोपका कारण संयुक्त राज्य अमेरिका प्रवेशमा अस्थायी कडाइ गर्ने निर्णय गरेको छ। यो निर्णय कानुनी स्थायी बासिन्दा (ग्रीन कार्ड धारक) सहित अन्य यात्रुहरूमा पनि लागू हुने बताइएको छ।सीडीसीका अनुसार प्रजातान्त्रिक गणतन्त्र कङ्गो, युगान्डा र दक्षिण सुडानमा

    Data is loading...

    Loading brands...

    Loading footer...