‘डाक्टर’ उपाधि हटाउन मेडिकल काउन्सिलको १५ दिनको अल्टिमेटम

Author

सजिलो पत्रिका

२०८३ जेठ ०८, शुक्रबार

13
Share
Featured
  • नेपाल मेडिकल काउन्सिलले कानुनविपरीत ‘डाक्टर’ उपाधि प्रयोग नगर्न १५ दिनभित्र हटाउन निर्देशन दिएको छ।
  • दर्ता भएका चिकित्सकबाहेक अन्य स्वास्थ्यकर्मी वा व्यक्तिले ‘डाक्टर’ लेख्न नपाउने स्पष्ट गरिएको छ।
  • निर्देशन उल्लंघन गरेमा तीन वर्षसम्म कैद वा जरिवाना हुने कानुनी व्यवस्था रहेको काउन्सिलले जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल मेडिकल काउन्सिलले कानुनविपरीत रूपमा नाम अगाडि प्रयोग गरिँदै आएको ‘डाक्टर’ (डा.) शब्द हटाउन १५ दिनको समयसीमा दिँदै निर्देशन जारी गरेको छ। काउन्सिलले दर्ता भएका चिकित्सकबाहेक अन्य स्वास्थ्यकर्मी वा व्यक्तिले यो उपाधि प्रयोग गर्न नपाइने स्पष्ट पारेको छ।

काउन्सिलका अनुसार ‘डाक्टर’ उपाधि प्रयोग गर्ने अधिकार केवल नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकलाई मात्र कानुनी रूपमा प्राप्त छ। साइनबोर्ड, प्रेस्क्रिप्सन, भिजिटिङ कार्ड र सामाजिक सञ्जालमा समेत अवैध रूपमा प्रयोग गरिएको भए तत्काल हटाउन भनिएको छ।

निर्देशन उल्लंघन गरेमा तीन वर्षसम्म कैद वा जरिवाना हुने व्यवस्था रहेको पनि काउन्सिलले स्मरण गराएको छ। शैक्षिक उपाधिमा ‘डाक्टर’ लेखिएको भए पनि त्यसले स्वतः चिकित्सकीय अभ्यासको अनुमति नदिने स्पष्ट गरिएको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    इबोला सङ्क्रमित मुलुकबाट अमेरिका प्रवेशमा कडाइ

    काठमाडौँअमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले पूर्वी र मध्य अफ्रिकामा देखिएको इबोला प्रकोपका कारण संयुक्त राज्य अमेरिका प्रवेशमा अस्थायी कडाइ गर्ने निर्णय गरेको छ। यो निर्णय कानुनी स्थायी बासिन्दा (ग्रीन कार्ड धारक) सहित अन्य यात्रुहरूमा पनि लागू हुने बताइएको छ।सीडीसीका अनुसार प्रजातान्त्रिक गणतन्त्र कङ्गो, युगान्डा र दक्षिण सुडानमा

    Data is loading...

    Loading brands...

    Loading footer...