प्रधानमन्त्री कार्कीले गरिन् जेनजी आन्दोलनमा सहादतप्राप्त सहिदका परिवारसँग छलफल

Author

सजिलो पत्रिका

२०८२ मंसिर १४, आइतबार

16
Share
Featured
  • प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका सहिद परिवारसँग सिंहदरबारमा छलफल गर्दै आन्दोलनका माग र सरकारी कामबारे जिज्ञासाको उत्तर दिइन्।
  • सहिद परिवारले १४ बुँदे माग तत्काल कार्यान्वयन, भ्रष्टाचारविरुद्ध कारबाही र आन्दोलन दमन गर्नेहरूलाई पक्राउ गर्न माग गर्दै चेतावनी समेत दिए।
  • प्रधानमन्त्री कार्की र मन्त्री गुप्ताले सहिद परिवारका मागप्रति सरकार गम्भीर र इमानदार रहने आश्वासन दिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


प्रधानमन्त्री सुशीला कार्कीले आज जेन–जी आन्दोलन “नेपो किड”मा सहादतप्राप्त सहिदका परिवारसँग छलफल गरेकी छन् ।

सहिदका परिवारका तर्फबाट आएको प्रतिनिधिमण्डलले आज सिंहदरवारमा भएको छलफलका क्रममा सरकारले आन्दोलनको म्यान्डेटअनुरुप के कति काम भयो भनेर जिज्ञासा राखेको थियो ।

भोजविक्रम थापाको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले चुनावको मात्र कुरा नगरी भ्रष्टाचारविरुद्धको कारबाही र आन्दोलनमा दमन गर्नेहरूलाई तत्काल पक्राउ गर्नुपर्ने धारणा पनि राखेको थियो ।

यस्तै यसअघि सरकारसमक्ष राखेका १४ बुँदे माग तत्काल कार्यान्वयन हुनुपर्ने, अन्यथा पुनः आन्दोलनमा जान सक्ने चेतावनी पनि सहिद परिवारले दिएका छन् ।

छलफलमा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, नेपाल सरकारका मुख्य सचिव सुमनराज अर्याललगायतको पनि उपस्थिति थियो ।

प्रधानमन्त्री कार्की र मन्त्री गुप्ताले आन्दोलनको म्यान्डेट र सहिद परिवारका मागप्रति सरकार गम्भीर र इमानदार रहेको बताए ।

यो समाचारमा

बब्लु गुप्तानेपालकाठमाडौँसुशीला कार्की
जेन–जी आन्दोलन “नेपो किड”5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुधन गुरुङबारे छानबिन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

    काठमाडौँ।तत्कालीन गृहमन्त्री सुदन गुरुङमाथि लागेको अकुत सम्पत्तिको आरोपबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई आफ्नो प्रतिवेदन बुझाएको छ। जेठ १८ गते म्याद सकिएको समितिले पाँच दिनको थप समय लिएर प्रतिवेदन तयार पारेको हो।सम्पत्तिको स्रोत नखुलेको र अकुत सम्पत्ति जोडेको समाचार सार्वजनिक भएपछि गुरुङले गत वैशाख ९

    Data is loading...

    Loading brands...

    Loading footer...