०८२ को मंसिर भित्रै महाधिवेशन गरौं भन्ने डा. शेखर कोइराला मात्रै हुन् : उपसभापति गुरुङ

Author

सजिलो पत्रिका

२०८२ मंसिर १२, शुक्रबार

8
Share
Featured
  • नेपाली कांग्रेस उपसभापति धनराज गुरुङका अनुसार २०८२ मंसिरभित्र महाधिवेशन हुनुपर्छ भन्ने माग डा. शेखर कोइरालाले मात्र उठाएका छन्, भदौ २२ अघि पार्टीभित्र कसैले यसबारे कुरा नगरेको बताए।
  • जेनजी आन्दोलनपछि पार्टीभित्र बहस तीव्र भएको उल्लेख गर्दै गुरुङले सिंहदरबार आगजनीजस्ता घटनालाई आन्दोलनसँग जोड्नु गलत भएको र अस्थिरता सिर्जना गर्ने समूह सक्रिय रहेको बताए।
  • वर्तमान निर्वाचन प्रणालीले देशलाई निकास नदिने भन्दै उनले संविधान संशोधनबिनै निर्वाचनमा जान नहुने र सबै दल एकजुट हुनुपर्ने तर्क राखे।
  • कांग्रेस–सम्बद्ध एनटियुसीले १६ बुँदे धारणा सार्वजनिक गर्दै ट्रेड युनियन अधिकारको रक्षाका लागि सक्रिय हुने चेतावनी दिएको छ र विदेशमा रहेका श्रमिकलाई कार्यस्थलबाटै मतदान अधिकार दिनुपर्ने माग राखेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले पार्टीभित्र हाल उठिरहेको महाधिवेशनसम्बन्धी बहसबारे टिप्पणी गर्दै २०८२ मंसिरभित्रै महाधिवेशन हुनुपर्छ भन्ने स्पष्ट माग डा. ले मात्र गरेको दाबी गरेका छन् ।

नेपाल वित्तीय संस्था कर्मचारी संघ, कृषि विकास बैंक लिमिटेड केन्द्रीय समितिको आठौं परिषद् सभालाई विराटनगरमा सम्बोधन गर्दै उनले भदौ २२ गतेअघिसम्म केन्द्रीय समितिमा कसैले महाधिवेशन समयमै गर्नुपर्ने कुरा नउठाएको र पदावधि बढ्ला कि भन्ने आशामा सबै मौन बसेको बताए ।

जेन–जी आन्दोलन “नेपो किड”पछि पार्टीभित्र अचानक बहस बढेको उल्लेख गर्दै उनले महाधिवेशन समयमै गर्ने कुरा अघि उठेको भए त्यो जायज मानिन सक्ने धारणा राखे । गुरुङले सिंहदरवारसहित संरचना जलाउने तत्त्वलाई जेनजी आन्दोलनसँग जोड्नु गलत भएको उल्लेख गर्दै देशमा अस्थिरता सिर्जना गर्ने समूह सक्रिय रहेको दाबी गरे । उनले २०६२ सालअघि ग्रामीण जीवनका कठिनाइ स्मरण गर्दै पछिल्ला वर्षमा सडक, टेलिफोन र पूर्वाधार विकास भए पनि नकारात्मकता मात्र फैलाउनेहरू सक्रिय रहेको बताए ।

वर्तमान निर्वाचन प्रणालीले देशलाई निकास नदिने भन्दै उनले संविधान संशोधन नगरी निर्वाचनमा जान नहुने तर्क प्रस्तुत गरे । जेनजी आन्दोलनपछि प्रहरीको मनोबल कमजोर भएको र यस्तो अवस्थामा निर्वाचन सम्भावना न्यून रहेको उल्लेख गर्दै उनले सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिए ।

यसैबीच, कांग्रेस–सम्बद्ध एनटियुसीले कात्तिक २१–२२ को बैठकपछि १६ बुँदे धारणा सार्वजनिक गरेको र विराटनगरमा राष्ट्रिय भेला आयोजना गरेर ट्रेड युनियन अधिकार खोस्ने प्रयास भए एनटियुसी अग्रसर हुने चेतावनी महासचिव अजयकुमार राईले दिएका छन् । उनले विदेशमा रहेका श्रमिकले आफ्नो कार्यस्थलबाटै आगामी निर्वाचनमा मताधिकार पाउनुपर्ने मागसमेत राखे ।

यो समाचारमा

जेन–जी आन्दोलन “नेपो किड”कृषि विकास बैंक लिमिटेडधनराज गुरुङसिंहदरवार
नेपाली काँग्रेस5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुधन गुरुङबारे छानबिन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

    काठमाडौँ।तत्कालीन गृहमन्त्री सुदन गुरुङमाथि लागेको अकुत सम्पत्तिको आरोपबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई आफ्नो प्रतिवेदन बुझाएको छ। जेठ १८ गते म्याद सकिएको समितिले पाँच दिनको थप समय लिएर प्रतिवेदन तयार पारेको हो।सम्पत्तिको स्रोत नखुलेको र अकुत सम्पत्ति जोडेको समाचार सार्वजनिक भएपछि गुरुङले गत वैशाख ९

    Data is loading...

    Loading brands...

    Loading footer...