मुग्लिन–नारायणगढ सडक सहज भएसँगै इन्धन अभाव टर्‍यो

Author

सजिलो पत्रिका

२०८२ असोज ११, शनिबार

9
Share
Featured
  • मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो हटेसँगै उपत्यका र पृथ्वी राजमार्गमा पेट्रोलियम पदार्थको आपूर्ति सहज भएको छ।
  • पहिरोका कारण ढुवानीमा समस्या आउँदा पेट्रोल पम्पहरूमा इन्धन अभाव देखिएको थियो।
  • नेपाल आयल निगमका अधिकारीहरूले राजमार्गअन्तर्गत पेट्रोल पम्पहरूमा इन्धनको अभाव नरहेको जानकारी दिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

मुग्लिन–नारायणगढ सडकखण्डमा देखिएको अवरोध हटेसँगै उपत्यकालगायत पृथ्वी राजमार्गमा देखिएको पेट्रोलियम पदार्थको अभाव अब सहज भएको नेपाल आयल निगमले जनाएको छ।

पहिरोका कारण ढुवानीमा समस्या भएपछि इन्धन आपूर्तिमा कठिनाइ भई पेट्रोल पम्पहरूमा अभाव देखिएको थियो। तर, सडकखण्ड सुचारु भएपछि इन्धन ढुवानीमा सहजता आएको र अभाव समाधान भएको नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिका प्रसाद भट्टले बताए।

आयल निगमका प्रवक्ता मनोज ठाकुरले राजमार्गअन्तर्गतका पेट्रोल पम्पहरूमा पेट्रोलियम पदार्थको अभाव नरहेको जानकारी दिएका छन्।

यो समाचारमा

काठमाडौँनेपाल आयल निगम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विपक्षी दलहरूको अवरोध कायमै

    काठमाडौँ।प्रमुख प्रतिपक्षीसहित विपक्षी दलहरूले प्रतिनिधि सभा बैठकमा अवरोध कायमै राखेका छन् । प्रधानमन्त्रीले सीमाबारे दिएको अभिव्यक्ति फिर्ता लिएर क्षमायाचना नगरेसम्म सदन चल्न नसक्ने भन्दै उनीहरुले बैठकमा अवरोध जनाइरहेका हुन् ।  

    Data is loading...

    Loading brands...

    Loading footer...