
काठमाडौँ ।कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएकी छन्। शुक्रवार शीतल निवासमा आयोजित 'राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार' कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले कृषि क्षेत्रलाई जीविकोपार्जनको माध्यमबाट माथि उठाएर सम्मानित, व्यावसायिक र आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध रहेको बताइन्।उनले सीमित स्रोत र साधनका बाबजुद सरकारले...