ग्रामीण अर्थतन्त्रको पुनर्जीवन सरकारको प्राथमिकता- कृषिमन्त्री चौधरी

Author

सजिलो पत्रिका

२०८३ जेठ १५, शुक्रबार

9
Share
Featured
  • कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएकी छन्।
  • उनले कृषि क्षेत्रलाई आत्मनिर्भर र व्यावसायिक बनाउन मल, बीउ, सिँचाइ, कृषि बीमा र प्राविधिक सेवामा सहुलियत दिइँदै आएको उल्लेख गरिन्।
  • मन्त्री चौधरीले कृषि आधुनिकीकरण, लगानी वृद्धि, युवाको सहभागिता र स्वदेशी उत्पादन प्रवर्द्धनमा सरकार, निजी क्षेत्र र सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताइन्।
समाचार सारांशGenerated using AI.

 काठमाडौँ

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएकी छन्। शुक्रवार शीतल निवासमा आयोजित 'राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार' कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले कृषि क्षेत्रलाई जीविकोपार्जनको माध्यमबाट माथि उठाएर सम्मानित, व्यावसायिक र आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध रहेको बताइन्।

उनले सीमित स्रोत र साधनका बाबजुद सरकारले मल, बीउ, सिँचाइ, प्राविधिक सेवा र कृषि बीमाजस्ता क्षेत्रमा सहुलियत उपलब्ध गराउँदै आएको उल्लेख गरिन्। कृषकहरूले भोग्नुपरेका चुनौतीप्रति मन्त्रालय गम्भीर रहेको बताउँदै उनले उत्पादन र उत्पादकत्व वृद्धिका लागि कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरणमा जोड दिइन्।

मन्त्री चौधरीले स्वदेशी उत्पादन र दिगो कृषिलाई प्राथमिकता दिनुपर्ने बताउँदै कृषिमा लगानी वृद्धि, आधुनिक प्रविधिको विस्तार र युवाहरूको सहभागिता बढाउन सरकार, निजी क्षेत्र र सरोकारवालाहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याइन्। उनले उत्कृष्ट कृषकहरूको योगदानको प्रशंसा गर्दै उनीहरूलाई थप प्रोत्साहन गर्ने कार्यक्रमहरू अगाडि बढाइने जानकारी समेत दिइन्।

यो समाचारमा

काठमाडौँगीता चौधरी

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वातावरण संरक्षणमा सबैको साझा प्रयास आवश्यक- मुख्यमन्त्री कार्की

    काठमाडौँ।विश्व वातावरण दिवस (जुन ५) को अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जलवायु परिवर्तनका कारण प्रदेशमा देखिएकागम्भीर चुनौतीप्रति चिन्ता व्यक्त गरेका छन्। शुक्रबार एक शुभकामना सन्देश जारी गर्दै उनले हिमालदेखि तराईसम्म फैलिएको कोशी प्रदेशले जलवायु परिवर्तनको प्रत्यक्ष असर भोगिरहेको उल्लेख गरे।मुख्यमन्त्री कार्कीले हिउँ पग्लने दर बढ्नु, हिमताल विस्फोटको जोखिम,

    Data is loading...

    Loading brands...

    Loading footer...