सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध

Author

सजिलो पत्रिका

२०८३ जेठ २७, बुधबार

6
Share
Featured
  • किसान सूचीकरण प्रणालीमा हालसम्म देशभरका करिब २५ लाख किसान आबद्ध भएका छन्।
  • कृषि जनगणना २०७८ अनुसार रहेका ४१ लाख ३० हजार किसानमध्ये बाँकी १६ लाखभन्दा बढी किसानलाई पनि सूचीकृत गर्ने काम जारी छ।
  • सूचीकरणपछि किसानलाई निर्वाहमुखी, साना, मझौला र ठूला वर्गमा विभाजन गरी परिचयपत्र, अनुदान, मल, बीउ तथा अन्य कृषि सेवामा सहज पहुँच उपलब्ध गराइनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको किसान सूचीकरण प्रणालीमा देशभरका करिब २५ लाख किसान आबद्ध भएका छन् । 

किसानलाई जमिनको विवरण र खेती उत्पादनका आधारमा सूचीकरण गरिएको हो । उत्पादन वृद्धि गर्न आवश्यक सहुलियत तथा सुविधा दिने उद्देश्यले किसानलाई विद्युतीय प्रणालीमार्फत सूचीकृत गरिएको कृषि सूचना केन्द्रका अधिकृत सञ्जीव पण्डितले जानकारी दिनुभयो ।

कृषि जनगणना, २०७८ अनुसार ४१ लाख ३० हजारको सङ्ख्या रहेकाले बाँकी १६ लाखभन्दा बढी किसानलाई पनि सूचीकृत गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो । 

“सबै किसानलाई सूचीबद्ध गरेपछि निर्वाहमुखी किसान, साना किसान, मझौला किसान र ठूला किसान गरी चार प्रकारमा मन्त्रालयले वर्गीकरण गर्ने योजना बनाएको छ”, उहाँले भन्नुभयो,“वर्गीकरणपश्चात परिचयपत्र वितरण, विद्युतीय सूचना प्रणालीमा जोड्नेलगायत कार्यक्रम गरिनेछ । परिचयपत्रका आधारमा सरकारले अनुदानसहित रासायनिक मल, बीउ, अनुदान, सेवा व्यवस्थापनलगायत सुविधासहित उपलब्ध गराउन सहज हुनेछ ।”

देशभर स्थानीय तहसँग समन्वय गरी किसानका सूचना तथा तथ्याङ्क सङ्कलन गरिएको हो । केन्द्रले यस कार्यक्रममा आफ्नो नाम दर्ता गराउन किसानलाई आह्वानसमेत गरेको छ । 

यो समाचारमा

कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    साइबर ठगी नियन्त्रण र डिजिटल साक्षरता अभियान चलाउन सांसद रञ्जु न्यौपानेको माग

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) की सांसद रञ्जु न्यौपानेले मुलुकमा बढ्दै गएको साइबर अपराध र प्रविधिमार्फत हुने वित्तीय ठगीप्रति सरकारको ध्यानाकर्षण गराएकी छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सामाजिक सञ्जाल ह्याक गरी सर्वसाधारणको रकम लुट्ने गिरोहलाई तत्काल कारबाही गर्न माग गरिन्।सांसद न्यौपानेले ह्वाट्सएप ह्याक गरी आफन्तबाट पैसा असुलिएका र बैंक खाताबाट

    Data is loading...

    Loading brands...

    Loading footer...