प्रधानमन्त्रीलाई संसदमा जान कुनै अप्ठ्यारो छैन- प्रवक्ता पोखरेल

Author

सजिलो पत्रिका

२०८३ जेठ २६, मङ्गलबार

7
Share
Featured
  • सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्रीलाई संसदमा उपस्थित हुन कुनै समस्या नरहेको बताएका छन्।
  • विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने ठोस प्रश्न नभएको दाबी गर्दै आवश्यक परे प्रधानमन्त्रीले फेरि सदनलाई सम्बोधन गर्ने उनले बताए।
  • प्रवक्ता पोखरेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको बचाउ गर्दै कर दर हेरफेरको आरोपबारे मन्त्रिपरिषद्मा कुनै छलफल नभएको र शङ्का गर्ने आधार नरहेको बताएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रधानमन्त्रीलाई संसदमा उपस्थित हुन कुनै समस्या नरहेको स्पष्ट पारेका छन्। मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारहरूसँग बोल्दै उनले विपक्षी दलहरूसँग प्रधानमन्त्रीलाई सोध्ने ठोस प्रश्न नै नभएको दाबी गरे।

विपक्षीले सीमासम्बन्धी अभिव्यक्तिको जवाफ माग्दै संसद अवरुद्ध गरिरहेका बेला प्रवक्ता पोखरेलले प्रधानमन्त्रीले आवश्यकताअनुसार सदनलाई सम्बोधन गर्ने बताए। उनले भने, "सुरुमा उहाँ संसद जाँदा सोध्ने प्रश्न नै रहेनछन्, जति सोचेका थियौँ त्यो हिसाबको प्रश्न नै आएन। आवश्यक परेमा प्रधानमन्त्रीले फेरि सम्बोधन गर्नुहुनेछ।"

यसैगरी, प्रवक्ता पोखरेलले करका दर हेरफेर गरेको आरोप खेपिरहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको बचाउ गरेका छन्। अर्थमन्त्रीले निकै मेहनत गरेर बजेट ल्याएको भन्दै उनले सरकारको पूर्ण समर्थन रहेको बताए। विपक्षीले स्वार्थ समूहको मिलेमतोमा करको दर फेरेको भन्दै छानबिनको माग गरिरहेका बेला मन्त्री पोखरेलले यसबारे मन्त्रिपरिषद्मा कुनै छलफल नभएको र अर्थमन्त्रीको काममा शङ्का गर्ने ठाउँ नरहेको जानकारी दिए।

यो समाचारमा

काठमाडौँस्वर्णिम वाग्लेसस्मित पोखरेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भ्रष्टाचार छानबिनदेखि रोहिङ्ग्या फिर्तासम्मका मुद्दाले ततायो सदन

    काठमाडौँ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसदहरूले समसामयिक राष्ट्रिय मुद्दाहरूमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। शून्य समयमा बोल्दै सांसदहरूले भ्रष्टाचारका पुराना काण्डहरूको छानबिन, सुकुमवासी समस्याको समाधान र सार्वजनिक सेवा प्रवाहमा सुधारको माग गरेका हुन्।बैठकमा सांसद ललिताकुमारीले नेपाल भित्रिएका रोहिङ्ग्याहरूलाई फर्काउन माग गरिन् भने सांसद लक्ष्मीप्रसाद पोखरेलले साताको दुई दिने बिदा हटाउन

    Data is loading...

    Loading brands...

    Loading footer...