सम्पत्ति छानबिन आयोग प्रधानमन्त्री कार्यालय मातहत राख्ने कुरा आपत्तिजनक : वर्षमान पुन

Author

सजिलो पत्रिका

२०८३ जेठ ०४, सोमबार

12
Share
Featured

काठमाडौँ : प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी  (नेकपा)का नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले सम्पत्ति छानबिन आयोग प्रधानमन्त्री कार्यालय मातहत राख्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्।

सोमवार सरकारको आगामी आर्थिक वर्षका विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले उक्त कुरा बताएका हुन्।

सुशासनको पक्षमा काम गर्ने भनिएको सरकारले सो आयोगलाई स्वतन्त्र र अधिकार सम्पन्न बनाउनुपर्नेमा आफू अनूकल हुने गरी बनाएको उनको आरोप थियो। नेता पुनले सरकार सुशासन नभई छनोटयुक्त सुशासनको पक्षमा देखिएको दावीसमेत गरे।

उनले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारले घोषणा गरेको नयाँ चरणको आर्थिक सुधार योजना सही भए पनि त्यसलाई अघि बढाउने क्रममा स्पष्ट दृष्टिकोण हुनुपर्नेमा पनि जोड दिए।

यो समाचारमा

काठमाडौँनेपाली कम्युनिष्ट पार्टीवर्षमान पुन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रधानमन्त्रीको अभिव्यक्ति र सदनको अवरोधबारे छलफल गर्न शीर्ष नेताहरू बैठकमा

    काठमाडौँ।संसद्मा जारी गतिरोध अन्त्यका लागि कार्यव्यवस्था परामर्श समितिको हलमा सर्वदलीय बैठक सुरु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पहलमा आयोजित यस बैठकमा सदनमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेता र प्रमुख सचेतकहरू सहभागी छन्।बैठकमा नेपाली काँग्रेसका भीष्मराज आङ्देम्बे, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का राम बहादुर थापा (बादल)

    Data is loading...

    Loading brands...

    Loading footer...