महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री नियुक्त

Author

सजिलो पत्रिका

२०८३ जेठ २६, मङ्गलबार

9
Share
Featured
  • अविष्कारक महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री नियुक्त भएका छन्।
  • उनले आज गृहमन्त्री बन्न लागेका सुदन गुरुङ सँगै शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ।
  • सरकारले विज्ञान, प्रविधि र नवप्रवर्तनलाई प्राथमिकता दिन स्थापना गरेको नयाँ मन्त्रालयको पहिलो मन्त्रीका रूपमा पुनले जिम्मेवारी सम्हाल्नेछन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

स्वतन्त्र सांसद तथा अविष्कारक महावीर पुन पुनः मन्त्री बन्ने भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले उनलाई नवनिर्मित 'विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय' को जिम्मेवारी दिँदै मन्त्री नियुक्त गरेका हुन्। पुनले आजै दिउँसो ३ बजे राष्ट्रपति कार्यालयमा पुनरागमन गर्न लागेका गृहमन्त्री सुदन गुरुङसँगै शपथ ग्रहण गर्ने कार्यक्रम छ।

यसअघि सुशीला कार्की नेतृत्वको चुनावी सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रहेका पुनले २१ फागुनको निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिन मन्त्री पदबाट राजीनामा दिएका थिए। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समर्थन रहेको थियो।

सरकारले विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रलाई विशेष प्राथमिकता दिने उद्देश्यले गत ३० वैशाखमा यो छुट्टै मन्त्रालय स्थापना गर्ने निर्णय गरेको थियो। सोही नयाँ मन्त्रालयको पहिलो मन्त्रीका रूपमा पुनले कार्यभार सम्हाल्न लागेका हुन्।

यो समाचारमा

म्याग्दीमहावीर पुनराष्ट्रिय स्वतन्त्र पार्टीबालेन्द्र शाह (बालेन)
सुदन गुरुङ6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    साइबर ठगी नियन्त्रण र डिजिटल साक्षरता अभियान चलाउन सांसद रञ्जु न्यौपानेको माग

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) की सांसद रञ्जु न्यौपानेले मुलुकमा बढ्दै गएको साइबर अपराध र प्रविधिमार्फत हुने वित्तीय ठगीप्रति सरकारको ध्यानाकर्षण गराएकी छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सामाजिक सञ्जाल ह्याक गरी सर्वसाधारणको रकम लुट्ने गिरोहलाई तत्काल कारबाही गर्न माग गरिन्।सांसद न्यौपानेले ह्वाट्सएप ह्याक गरी आफन्तबाट पैसा असुलिएका र बैंक खाताबाट

    Data is loading...

    Loading brands...

    Loading footer...