सुनियोजित हल्ला र अफवाहबाट सचेत रहन उपेन्द्र यादवको आग्रह

Author

सजिलो पत्रिका

२०८२ फागुन १८, सोमबार

16
Share
Featured
  • उपेन्द्र यादव ले निर्वाचनअघि फैलाइने सुनियोजित हल्ला र अफवाहबाट सचेत रहन मतदाताहरूलाई आग्रह गर्दै क्षणिक प्रलोभन वा भ्रममा नबग्न अपिल गरेका छन्।
  • जनता समाजवादी पार्टी (जसपा) नेपाल का अध्यक्ष यादवले जनताको मत कमजोर पार्न विभिन्न शक्तिहरू सक्रिय रहेको दाबी गर्दै आफ्नो इतिहास, त्याग र स्वाभिमान सम्झेर सही निर्णय लिन आह्वान गरेका छन्।
  • संघीयता, स्वायत्तता र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि मतदान गर्न आग्रह गर्दै उनले यो निर्वाचन मधेशको भविष्य निर्धारण गर्ने महत्वपूर्ण अवसर भएको बताएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं सप्तरी निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार उपेन्द्र यादवले निर्वाचनको मुखमा फैलाइने सुनियोजित हल्ला र अफवाहबाट सचेत रहन मतदाताहरूलाई आग्रह गरेका छन्।

अध्यक्ष यादवले जनताको मतलाई कमजोर पार्न विभिन्न शक्तिहरू सक्रिय रहेको उल्लेख गर्दै क्षणिक प्रलोभन वा भ्रमको लहरमा नबग्न अपिल गरे। "आफ्नो त्याग, इतिहास र स्वाभिमान सम्झेर अधिकार रक्षाका लागि सही निर्णय लिनुहोस्," उनले भने, "सचेत मत, बलियो मधेश र सुरक्षित भविष्य नै हाम्रो साझा सङ्कल्प हो।"

उनले संघीयता, स्वायत्तता र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि मतदान गर्न आग्रह गर्दै यो निर्वाचन केवल प्रतिनिधि चयन मात्र नभई मधेशको भविष्यको दिशानिर्देश भएको बताए। उनले मतदाताहरूलाई आफ्नो अधिकारप्रति सजग रहँदै विवेकपूर्ण मतदान गर्न समेत अनुरोध गरे।

यो समाचारमा

प्रतिनिधि सभाकाठमाडौँउपेन्द्र यादवजनता समाजवादी पार्टी, नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कालापानी र सुस्तामा मात्रै नक्सांकन बाँकी छ- परराष्ट्रमन्त्री खनाल

    काठमाडौँ।परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीच कालापानी क्षेत्र र सुस्तामा मात्रै नक्सांकन गर्न बाँकी रहेको बताएका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री खनालले सुस्ता, लिम्पियाधुरा, कालापानी र लिपुलेक बाहेकका अधिकांश क्षेत्रमा सीमा सम्बन्धी काम भइसकेको जानकारी दिए।प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को हालैको अभिव्यक्ति र भारत भ्रमणबारे प्रष्टीकरण दिँदै मन्त्री खनालले

    Data is loading...

    Loading brands...

    Loading footer...