होटल फरेष्ट इन लिमिटेडको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

Author

सजिलो पत्रिका

२०८२ माघ २२, बिहिबार

17
Share
Featured

काठमाडौँ

होटल फरेष्ट इन लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) तथा बिक्री आवेदन खुला गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि कुल ३३ लाख २० हजार कित्ता साधारण शेयर निष्कासन गरेको हो ।

निष्कासन गरिएका शेयरमध्ये २ लाख कित्ता सामूहिक लगानी कोषका लागि र ८० हजार कित्ता कर्मचारीहरूका लागि छुट्याइएको छ । बाँकी शेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म शेयरका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनले तोकेका शाखा कार्यालयमार्फत दिन सकिनेछ । साथै, मेरो शेयर प्रणालीमार्फत अनलाइन आवेदनको सुविधा पनि उपलब्ध छ ।

यो आईपीओ निष्कासन छिटोमा माघ २६ गते र ढिलोमा फागुन ८ गते बन्द हुने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

होटल फरेष्ट इन लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट गत पुस २० गते प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता साधारण शेयर निष्कासन गर्ने अनुमति पाएको थियो । यसअन्तर्गत पहिलो चरणमा कम्पनीले पुस २४ गतेदेखि माघ ८ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आईपीओ जारी गरिसकेको छ । पहिलो चरणको निष्कासनपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ खुला गरेको हो ।

यो समाचारमा

नेपाल धितोपत्र बोर्डकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    तोलामा २०० रूपैयाँले घट्यो सुन

    काठमाडौँ।स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ सय र चाँदी तोलामा ८५ रुपैयाँले घटेको हो।महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलाको ३ लाख १ हजार १० रुपैयाँ कायम भएको छ। बुधबार प्रतितोला ३ लाख ११ हजार ३०० रूपैयाँ थियो।त्यसैगरी

    Data is loading...

    Loading brands...

    Loading footer...