म नातावाद, कृपावादको विरोधि हुँ, बन्दसुचीमा त्रुटि भए सच्याउँछु : कुलमान घिसिङ

Author

सजिलो पत्रिका

२०८२ पुस १६, बुधबार

16
Share
Featured
  • उर्जामन्त्री कुलमान घिसिङले सामाजिक सञ्जालमार्फत समानुपातिक उम्मेदवारको सूचीसँग आफूलाई जोडेर आएका समाचारप्रति आपत्ति जनाउँदै ती समाचार झूट र भ्रमपूर्ण भएको स्पष्ट पारे।
  • उनले ‘भान्जा’ र ‘ससुरा’ भनेर प्रचार गरिएका व्यक्ति आफ्नो नातेदार नभएको र ती उम्मेदवार उज्यालो नेपाल पार्टीबाट नभई अन्य टीमबाट सिफारिस भएका हुन् भने।
  • मन्त्री घिसिङले पार्टीको विधि, मापदण्ड र सामूहिक निर्णय प्रक्रियाबाट सूची तयार भएको, नातावाद र स्वार्थको राजनीतिविरुद्ध उभिएको र यस्ता भ्रामक समाचारबाट प्रभावित नहुन सबैलाई अनुरोध गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारका विषयमा आफूसँग जोडेर आएका समाचारप्रति आपत्ति जनाएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै समानुपातिक उम्मेदवारको सूची कुनै व्यक्ति विशेषको चाहना वा दबाबमा नभएको प्रस्ट पारेका छन् ।

उनले भनेका छन्, ‘समाचार तथा चर्चामा ‘भान्जा’ भनेर उल्लेख गरिएका व्यक्ति मेरो भान्जा होइनन्, साथै उनी उज्यालो नेपाल पार्टीको तर्फबाट नभई अर्कै टीमबाट सिफारिस भएका व्यक्ति हुन् । त्यसैगरी, समानुपातिक सूचीमा रहेका र मेरो ‘ससुरा’ भनेर प्रचार गरिएका व्यक्ति पनि मेरो आफ्नो ससुरा नभएको स्पष्ट पार्न चाहन्छु ।’

उनले राजनीतिमा असहमति हुन सक्छ तर झूट र भ्रम फैलाएर कसैको बदनाम गराउने प्रयास आपत्तिजनक रहेको उल्लेख गरेका छन् । बन्द सूचीमा देखिएका प्राविधिक त्रुटिहरू निर्वाचन आयोगले तोकेको समयावधिभित्र सच्याइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले थपेका छन्, ‘पार्टीको विधि, मापदण्ड र सामूहिक निर्णय प्रक्रियाबाट तयार गरिएको हो । म सार्वजनिक जीवनमा प्रवेश गरेदेखि नै नातावाद, कृपावाद र स्वार्थको राजनीतिविरुद्ध निरन्तर उभिँदै आएको छु । त्यही इमानदार यात्रालाई कमजोर पार्ने उद्देश्यले तथ्य नबुझी फैलाइने यस्ता नियोजित हल्ला र आरोपहरू दुःखद छन् । म आज पनि पारदर्शिता, इमानदारी र जनताप्रतिको जवाफदेहितामा दृढ छु । त्यसैले यस्ता भ्रामक समाचार र टीकाटिप्पणीको भ्रममा नपर्न सबैमा अनुरोध गर्दछु ।’

यो समाचारमा

कुलमान घिसिङकाठमाडौँनिर्वाचन आयोग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रधानमन्त्री शाहको हाजिरी खोज्दै हर्क साम्पाङ

    काठमाडौँ।श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईले प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को उपस्थिति (हाजिरी) बारे प्रश्न उठाएका छन्। प्रतिनिधिसभा नियमावलीको नियम ४ लाई उद्धृत गर्दै साम्पाङले प्रधानमन्त्रीले बैठकमा हाजिरी जनाए/नजनाएको स्पष्ट पार्न माग गरेका हुन्।साम्पाङले भने, "प्रधानमन्त्रीज्यूले यहाँ आउँदा हाजिर गर्नुभएको छ कि छैन? यदि उहाँले हाजिर

    Data is loading...

    Loading brands...

    Loading footer...