लोडसेडिङ अन्त्य गर्नका लागि कुलमान घिसिङले प्राविधिक रूपमा रणनीतिक उपायहरू अपनाए। उनले विद्युत् खपत कम हुने समयमा जलाशयमा पानी संचित गर्ने रणनीति अघि सारे, जसले उच्च माग भएका घण्टामा विद्युत् आपूर्ति निरन्तर राख्न सहयोग पुर्यायो। यो उपाय विशेषगरी जलविद्युत् आयोजना सञ्चालनमा उपयोगी सावित भयो।
त्यसैगरी, विगतका वर्षहरूमा मर्मत अभावले बन्द रहेका जलविद्युत् परियनाहरू पुनः सञ्चालनमा ल्याइयो। उनले काम नगरेका आयोजनाहरूको मर्मत, उपकरण प्रतिस्थापन, र उत्पादन क्षमताको जाँच गरी ती परियनालाई फेरि उत्पादनमा लगेर विद्युत् आपूर्तिमा सघाउने काम गरे।
प्राविधिक पक्षसँगै उनले जनचेतना अभिवृद्धिका लागि पनि अभियान चलाए। उनले उपभोक्तालाई विद्युत् अत्यधिक खपत हुने उपकरणहरू (जस्तै: हिटर, हीटर, इन्डक्सन, आदि) पिक अवरमा प्रयोग नगर्न अनुरोध गरे। यसले विद्युत् मागलाई सन्तुलनमा राख्न मद्दत पुर्यायो।
यसरी काम गर्दै जाँदा, सन् २०१८ को मे महिनामा देशभर लोडसेडिङ पूर्ण रूपमा अन्त्य भएको घोषणा गरियो। यो उपलब्धिले कुलमान घिसिङलाई आधुनिक नेपालका एक सफल प्रशासकको रूपमा स्थापित गर्यो र ऊर्जा क्षेत्रमा दीर्घकालीन परिवर्तनको संकेत बनायो।