डिना पावेल म्याककर्मिक आज विश्वव्यापी कर्पोरेट, राजनीतिक तथा कूटनीतिक क्षेत्रमा अत्यन्त प्रभावशाली महिलामध्ये एक मानिन्छिन्। उनी अन्तर्राष्ट्रिय सम्मेलन, कूटनीतिक भ्रमण तथा उच्चस्तरीय आर्थिक छलफलहरूमा नियमित रूपमा सहभागी हुन्छिन्। विश्वव्यापी लगानीकर्ता, सरकार तथा बहुराष्ट्रिय कम्पनीहरूसँग सम्बन्ध निर्माणमा उनको विशेष प्रभाव रहेको मानिन्छ।
उनको वैवाहिक जीवन पनि अमेरिकी राजनीतिक तथा वित्तीय वृत्तसँग गहिरो रूपमा जोडिएको छ। उनी अमेरिकी सिनेटर डेभिड म्याककौर्मिकसँग विवाहित छन्। डेभिड म्याककर्मिक रिपब्लिकन राजनीतिज्ञ, हेज फन्ड कार्यकारी तथा ब्रिजवाटर एसोसिएट्सका पूर्व प्रमुख कार्यकारी अधिकृतका रूपमा परिचित छन्।

आज डिना पावेल म्याककर्मिकलाई व्यवसाय, कूटनीति, राष्ट्रिय सुरक्षा तथा विश्व आर्थिक सम्बन्धलाई एकैसाथ जोड्न सक्ने असाधारण नेतृत्वकर्ताका रूपमा हेरिन्छ। इजिप्टबाट अमेरिका पुगेकी एक आप्रवासी बालिकादेखि विश्वव्यापी कर्पोरेट तथा कूटनीतिक शक्तिकेन्द्रसम्म पुगेको उनको यात्रा आधुनिक विश्व नेतृत्वको प्रेरणादायी उदाहरण मानिन्छ।