सार्वजनिक कार्यक्रममा सहभागी हुँदै नेकपा अध्यक्ष ओली ।

Author

सजिलो पत्रिका

२०८३ जेठ १९, मङ्गलबार

4
Share
Featured



काठमाडौ । राष्ट्रिय कार्यशालाको उदघाटन पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओलीले गर्ने तय भएको छ ।

सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेठ २० र २१ गते काठमाडौंमा आयोजना हुने पार्टीको राष्ट्रिय कार्यशालाको उद्घाटन गर्ने भएका छन्।

उक्त  कार्यशालामा पार्टीको सांगठनिक सुदृढीकरण र भावी योजनाबारे छलफल तथा अभिमुखीकरण गरिनेछ ।

कार्यशालामा पार्टीका प्रदेश तथा जिल्ला इन्चार्ज, पदाधिकारी, कार्यालय सचिव र जनसंगठनका प्रमुखहरूको सहभागिता रहने प्रचार विभागले जनाएको छ ।

अध्यक्ष ओली २१ फागुनको प्रतिनिधि सभा निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदैछन् ।

​काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजना हुने उक्त कार्यशाला जेठ २० गते बिहान ११ बजेदेखि सुरु हुने छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुधन गुरुङबारे छानबिन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

    काठमाडौँ।तत्कालीन गृहमन्त्री सुदन गुरुङमाथि लागेको अकुत सम्पत्तिको आरोपबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई आफ्नो प्रतिवेदन बुझाएको छ। जेठ १८ गते म्याद सकिएको समितिले पाँच दिनको थप समय लिएर प्रतिवेदन तयार पारेको हो।सम्पत्तिको स्रोत नखुलेको र अकुत सम्पत्ति जोडेको समाचार सार्वजनिक भएपछि गुरुङले गत वैशाख ९

    Data is loading...

    Loading brands...

    Loading footer...