जब्दीघाटमा नयाँ पुल छिट्टै बन्छ : मन्त्री घिसिङ

Author

सजिलो पत्रिका

२०८२ पुस ०३, बिहिबार

16
Share
Featured
  • मन्त्री कुलमान घिसिङले बर्दियाको जब्दीघाट पुल अनुगमन गर्दै नयाँ पुल निर्माण प्रक्रिया तत्कालै सुरु गरिएको जानकारी दिए।
  • पुरानो पुल प्राविधिक समस्याका कारण कानुनी झमेलामा परेपछि नयाँ पुल निर्माणको प्रक्रिया थालिएको हो।
  • चालु आर्थिक वर्षमा पुल निर्माणका लागि ११ करोड रुपैयाँ विनियोजन गरिएको छ, कुल लागत एक अर्ब १ करोड २९ लाख रुपैयाँ अनुमान गरिएको छ।
  • स्थानीयवासीहरू पुरानो पुल भासिएपनि जोखिम मोलेर यात्रा गरिरहेका थिए; मन्त्री घिसिङले बर्दियामा कर्णाली नदी तटबन्ध, सिचाइ, पूल लगायतका विभिन्न परियोजना अनुगमन गरेका थिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

उर्जा, जलस्रोत तथा सिचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले बर्दियाको जब्दीघाट पुल अनुगमन गर्दै तत्कालै नयाँ पुल निर्माण प्रक्रिया सुरु गरिएको बताए ।

उनले आफू मन्त्री हुनसाथ पुल निर्माणका लागि बहुवर्षे स्रोत सहमति गर्नका लागि मन्त्रालयले निर्णय गरेर योजना आयोग र अर्थ मन्त्रालयमा पठाएको बताए । अर्थ मन्त्रालयमा बहुवर्षे ठेक्काको स्रोत सहमतिका लागि कार्यविधि बनाउनु पर्नेमा क्याविनेटले कार्यविधि पास गरीसकेको बताए । उनले पुरानो पुल प्राविधिक समस्याले गर्दा कानुनी झमेलामा फसेकोले नयाँ पुल निर्माणको प्रक्रिया थालिएको बताए ।

मन्त्री समक्ष आफ्ना कुरा राख्दै बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारुले धेरै मन्त्रीहरू आएर जब्दीघाटको पुल अनुगमन गरेपनि बजेट विनियोजन गरेपनि कार्यन्वयन हुन नसकेको बताए । सरकारले अघिल्लो आर्थिक बर्ष देखि बजेट विनियोजन गरेपनि बर्दियाको जब्दीघाटको पुल निर्माण प्रक्रिया अझै सुरु भएको छैन । पुल निर्माणका लागि चालु आर्थिक बर्षमा ११ करोड रकम विनियोजन गरेको छ । पुलको लागत एक अर्ब १ करोड २९ लाख लाग्ने अनुमान गरिएको सडक डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख नरेन्द्र भट्टले बताए ।

पप्पु कन्ट्रक्सनले निर्माणको जिम्मा लिएर निर्माण भई हस्तान्तरण नहुँदै वि.स. २०७४ सालको बाढीले बबई नदिको जब्दीघाटको पुल भासिएपछि स्थानीयवासीको खुसी निराशामा परिणत भएको थियो । भासिएपनि जोखिम मोलेर साना सवारी साधन र मानिसहरू यात्रा गरिरहेका थिए तर २०७९ सालको बाढीले पुललाई पुर्णरुपमा बगाएपछि स्थानीयवासीहरू डुङ्गामा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । मन्त्री घिसिङले बर्दियामा कर्णाली नदी तटबन्ध, सिचाई, पूल लगाएतका विभिन्न स्थानको अनुगमन गरेका थिए । त्यसैगरी बर्दियाका दौलतपुर र कैलालीको टिकापुर नगरपालिका जोड्ने झोलुङ्गे पुल सिलन्यास गरेका थिए ।

यो समाचारमा

छबिलाल थारुबारबर्दिया नगरपालिकाकुलमान घिसिङटिकापुर नगरपालिका
बर्दिया7 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कालापानी र सुस्तामा मात्रै नक्सांकन बाँकी छ- परराष्ट्रमन्त्री खनाल

    काठमाडौँ।परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीच कालापानी क्षेत्र र सुस्तामा मात्रै नक्सांकन गर्न बाँकी रहेको बताएका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री खनालले सुस्ता, लिम्पियाधुरा, कालापानी र लिपुलेक बाहेकका अधिकांश क्षेत्रमा सीमा सम्बन्धी काम भइसकेको जानकारी दिए।प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को हालैको अभिव्यक्ति र भारत भ्रमणबारे प्रष्टीकरण दिँदै मन्त्री खनालले

    Data is loading...

    Loading brands...

    Loading footer...