हेटौंडाको २५ मिटर सडक विस्तार ५० वर्षसम्म अधुरै

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २३, आइतबार

11
Share
Featured
  • हेटौंडा बजार क्षेत्रको एसियन हाइवेअन्तर्गत २५–२५ मिटर सडक विस्तार ५० वर्षपछि पनि अधुरो रहँदा स्थानीयवासी निराश छन्, जसले ट्राफिक र पार्किङ समस्या बढाएको छ।
  • राजनीतिक हस्तक्षेप, नेताहरूका निजी स्वार्थ, र बजेटको अभावले काम अघि बढ्न नसकेको स्थानीयवासीले आरोप लगाएका छन्।
  • सडक डिभिजनले बजेट अभावका बीच पनि आगामी चुनावअघि विस्तार कार्य अघि बढाउने आश्वासन दिएको छ, तर जनतामाझ अझै संशय कायम छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


एसियन हाइवे अन्तर्गत हेटौंडा बजार क्षेत्रमा पर्ने सडक २५–२५ मिटरको विस्तार कार्य सुरु भएको ५० वर्ष बितिसक्दा पनि अधुरै छ । सडक विस्तारमा लगातार ढिलाइ हुनु र सरकारी निकायको मौनता स्थानीयवासीका लागि चिरस्थायी समस्या बनेको छ ।

सडक डिभिजन कार्यालय मकवानपुरले पटक–पटक ३५ दिने सूचना जारी गर्दै सडक क्षेत्रभित्रका घर, टहरा र पसल हटाउन निर्देशन दिएको भएपनि अहिलेसम्म ठोस काम अघि बढ्न सकेको छैन् । यसका कारण बजार क्षेत्रमा पार्किङ र ट्राफिक व्यवस्थापनमा समस्या देखिएको छ भने दैनिकजस्तो सवारी दुर्घटना हुने क्रम बढ्दो छ ।

२०७२ सालमा भत्काइएको राप्ती रोडसाइडमा हाल पुनः पसलहरू स्थापना भइसकेका छन् । यद्यपि सडक विस्तारले यस क्षेत्रमा व्यवस्थित ट्राफिक व्यवस्थापन र सुरक्षित आवत–जावतको वातावरण सिर्जना गर्ने भए पनि स्थानीय प्रशासन र राजनीतिक दबावले काम अघि बढ्न सकेको छैन् ।

स्थानीयवासीको गुनासो

हेटौडा–९ का स्थानियवासी हरि खड्काले सडक विस्तारमा ढिलाइ हुनुको मुख्य कारण नेताहरूको व्यक्तिगत स्वार्थ रहेको बताए । ‘सडक विस्तार गर्न नेताहरूको स्वार्थले ढिला भइरहेको छ । चुनावमा वाचा गर्छन्, तर जितेपछि यो मुद्दा बिर्सिन्छन्,’उनले भने ।

हेटौडा–८ की स्थानिय सानु लामाले दशकौंदेखि सडक निर्माणको कुरा सुन्दै आइरहेको बताइन् । ‘सडक बनाउने भनेको ५० वर्ष भइसकेको छ । मेरो बुबाको पालादेखि सुरु भएको सडक अझै बनेको छैन । छोराको पालामा बन्छ कि आशा गरौं,’ उनले भनिन् ।

हेटौडा–१० का स्थानियवासी अरुण लामाका अनुसार सडक विस्तार ढिलाइ हुनुको अर्को कारण ठूला नेताहरूका निजी आवास सडकको दायराभित्र पर्नु हो । 

‘सडक विस्तार गरेपछि हेटौडा बजारको स्वरूप नै बदलिन्थ्यो । तर ठूला नेताहरूका घर र सरकारी निवास सडकभित्र परेकाले काम अघि बढाउन सकिएको छैन,’ उनले बताए ।

बाइपास रोड र १६ मिटर सडक

हेटौडा बजारको सडक विस्तार बाइपास रोडबाट लगेर १६ मिटर मात्र कायम गर्ने योजना पनि विवादको विषय बनेको छ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाले उद्योगवाणिज सङ्घको कार्यक्रममा भनेका थिए, ‘हेटौडा बजारको सडक १६ मिटर मात्र बनाउँछौं ।’ तर उनका यी शब्द अहिले स्थानीय जनतामाझ असन्तोष र आलोचनाको विषय बनेका छन् ।

सडक डिभिजनको प्रतिक्रिया

सडक डिभिजन हेटौंडाका सूचना अधिकारी इ.यादव सुवेदीले भने, ‘जेनजी आन्दोलनपछि सडक विस्तार गर्न झनै अप्ठ्यारो भएको छ । हामीसँग बजेट छैन तर हामी यो काम चाँडै टुङ्गो लगाउने प्रयासमा छौं । फागुन २१ को चुनावभन्दा अघि हेटौंडाका सडक विस्तारको काम राम्ररी अघि बढाउनेछौँ ।’

हालसम्म सडक डिभिजनको ढिलाइ, राजनीतिक हस्तक्षेप, निजी आवास समस्या, र बजेटको अभावका कारण हेटौडा बजार क्षेत्रका २५ मिटर सडक विस्तार अधुरै रहेको छ । स्थानीयवासीहरू भने अबको चुनावअघि सडक विस्तारका कामलाई वास्तविकता बनाउने अपेक्षामा छन् ।

यो समाचारमा

मकवानपुरकाठमाडौँबागमती प्रदेशहेटौंडा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भ्रष्टाचार छानबिनदेखि रोहिङ्ग्या फिर्तासम्मका मुद्दाले ततायो सदन

    काठमाडौँ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसदहरूले समसामयिक राष्ट्रिय मुद्दाहरूमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। शून्य समयमा बोल्दै सांसदहरूले भ्रष्टाचारका पुराना काण्डहरूको छानबिन, सुकुमवासी समस्याको समाधान र सार्वजनिक सेवा प्रवाहमा सुधारको माग गरेका हुन्।बैठकमा सांसद ललिताकुमारीले नेपाल भित्रिएका रोहिङ्ग्याहरूलाई फर्काउन माग गरिन् भने सांसद लक्ष्मीप्रसाद पोखरेलले साताको दुई दिने बिदा हटाउन

    Data is loading...

    Loading brands...

    Loading footer...