सामसङको ग्यालेक्सी एम १७ ५जी अब नेपालमा

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २०, बिहिबार

11
Share
Featured

काठमाडौँ


सामसङले नेपालमा ग्यालेक्सी एम सिरिजअन्तर्गत नयाँ स्मार्टफोन ग्यालेक्सी एम १७ ५ जी सार्वजनिक गरेको छ । प्रिमियम डिजाइन, मजबुत टिकाउ र अत्याधुनिक एआई प्रविधियुक्त क्यामेरा फिचरसहित आएको यो फोनले आफ्नै सेग्मेन्टमा पहिलोपटक अप्टिकल इमेज स्टाबिलाइजेसन प्रविधि उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

यसमार्फत प्रयोगकर्ताले स्थिर र स्पष्ट फोटो तथा भिडियो कैद गर्न सक्नेछन् । एम १७ ५जीले एआई र प्रिमियम क्यामेरा टेक्नोलोजीलाई अझ धेरै नेपाली प्रयोगकर्तासम्म पु-याउने बताइएको छ । ६.७ इन्चको एपएचठी प्लस सुपर एमोलेड डिस्प्ले रहेको यस स्मार्टफोनमा धूलो र पानीबाट सुरक्षा दिने सुविधा पनि समावेश गरिएको छ ।

नेपालमा दुई भेरियन्टमा उपलब्ध यो फोनमध्ये ४ जीबी र्याम र १२८ जीबी स्टोरेज भएको मोडलको मूल्य २५ हजार ९९९ रुपैयाँ राखिएको छ भने ६ जीबी र्याम र १२८ जीबी स्टोरेजको मूल्य २७ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

किफायती मूल्यमा समेत उच्च प्रदर्शन र आधुनिक प्रविधि उपलब्ध गराइएको ग्यालेक्सी एम १७ ५जीले नेपाली बजारमा नयाँ आकर्षण सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

यो समाचारमा

काठमाडौँनेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    अण्डाको मूल्य पुनः वृद्धि

    काठमाडौँ।नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन मूल्य पुनः बढाएको छ। सङ्घको बैठकले आजैदेखि लागू हुने गरी नयाँ दररेट तय गरेको हो, जसअनुसार एक्सएल (XL) अण्डाको मूल्य प्रतिक्रेट ५६० रुपैयाँ पुगेको छ।नयाँ मूल्यसूची अनुसार ठूलो अण्डा प्रतिक्रेट ५४५ रुपैयाँ, मध्यम ५१५ रुपैयाँ र सानो अण्डा प्रतिपेटी तीन हजार रुपैयाँ कायम

    Data is loading...

    Loading brands...

    Loading footer...