बाँदर आतंकको विषय उठाउने सांसद राईमाथि प्रहरीमा उजुरी

Author

सजिलो पत्रिका

२०८३ जेठ २३, शनिबार

8
Share
Featured
  • भोजपुरका सांसद ध्रुवराज राई विरुद्ध ६ सय बाँदर मारेको आरोपमा प्रहरीमा उजुरी परेको छ।
  • उजुरीकर्ताले वन्यजन्तु संरक्षण ऐनअनुसार कारबाहीको माग गरेका छन्, तर प्रहरीले पर्याप्त भौतिक प्रमाण नभएको भन्दै उजुरी दर्ता गर्न नमिल्ने जनाएको छ।
  • राईले भने बाँदर आतंकले किसान प्रभावित भएको विषय उठाउँदै नियन्त्रणका लागि सरकारी नीति आवश्यक रहेको बताउँदै आएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

भोजपुरबाट निर्वाचित प्रतिनिधि सभा सदस्य ध्रुवराज राईविरुद्ध ६ सय वटा बाँदर मारेको अभियोगमा प्रहरीमा उजुरी परेको छ। ललितपुरस्थित ‘स्नेहाज केयर’ का रूपक कोइरालाले राईले एक अन्तर्वार्तामा बाँदर मारेको स्वीकार गरेको दाबी गर्दै जिल्ला प्रहरी कार्यालय भोजपुरमा जाहेरी दिएका हुन्।

जाहेरीमा राईले टेम्केमैयुङ गाउँपालिकाको अध्यक्ष हुँदा बाँदर मारेको र यो कार्य राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग ऐनविपरीत भएको उल्लेख गर्दै १ देखि १० वर्षसम्म कैद र ५ लाखसम्म जरिवानाको माग गरिएको छ। तर, भोजपुरका डीएसपी राजु लामाले भने यो विषय डिभिजन वन कार्यालयको क्षेत्राधिकारमा पर्ने र पर्याप्त भौतिक प्रमाण (हड्डी वा छाला) बिना बोलेकै भरमा उजुरी दर्ता गर्न नसकिने बताएका छन्। "हचुवाको भरमा उजुरी दर्ता गर्दै मान्छे थुन्ने हो भने त्यो 'रुल अफ ल' नभई 'हुल अफ ल' हुन्छ," डीएसपी लामाले भने।

श्रम संस्कृति पार्टीका सांसद राईले संसदमा पनि बाँदर आतंकका कारण किसानहरू विस्थापित हुनुपरेको भन्दै नियन्त्रणका लागि ठोस नीतिको माग गर्दै आएका छन्। यस विषयमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सरकारले कार्यदल बनाएर अन्तर्राष्ट्रिय अभ्यासहरूबारे अध्ययन गरिरहेको जानकारी गराएका थिए।

यो समाचारमा

काठमाडौँबालेन्द्र शाह (बालेन)ललितपुरश्रम संस्कृति पार्टी
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    श्रीमतीको हत्या आरोपमा 'नेपाली ब्रो' कुमार थापा पक्राउ

    काठमाडौँ।टिकटकमा 'नेपाली ब्रो' का रूपमा चर्चित कुमार थापा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन्। काठमाडौंको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारमा शुक्रबार राति घरायसी विवादका क्रममा उनले श्रीमती ईश्वरी भुजेललाई फलामको रडले प्रहार गरेका थिए।प्रहरीका अनुसार राति १० बजेतिर भएको उक्त आक्रमणबाट गम्भीर घाइते भएकी ईश्वरीलाई उपचारका लागि शिक्षण अस्पताल

    Data is loading...

    Loading brands...

    Loading footer...