पूर्वराजनैतिक तथा प्रशासनिक पदाधिकारीको सेवासुविधा कटौती गर्न गृह र रक्षा मन्त्रालयलाई अर्थ मन्त्रालयको पत्र

Author

सजिलो पत्रिका

२०८२ असोज १०, शुक्रबार

22
Share
Featured

मन्त्रिपरिषद्को आइतबार (असोज ५)को निर्णयअनुसार अनुत्पादक खर्च कटौती तथा मितव्ययिता कायम गर्न पत्र लेखिएको मन्त्रालयले जनकारी दिएको छ ।

समाचार सारांशGenerated using AI.

काठमाडौँअर्थ मन्त्रालयले पूर्वराजनैतिक तथा प्रशासनिक पदाधिकारीको सेवासुविधा कटौती गर्न गृह मन्त्रलयरक्षा मन्त्रालयलाई पत्र पठाएको छ । अनुत्पादक खर्च कटौती तथा मितव्ययिता कायम गर्न अर्थ मन्त्रालयले शुक्रबार (असोज १०) गृह र रक्षा मन्त्रालयलाई पत्राचार गरेको हो । 

मन्त्रिपरिषद्को आइतबार (असोज ५)को निर्णयअनुसार अनुत्पादक खर्च कटौती तथा मितव्ययिता कायम गर्न पत्र लेखिएको मन्त्रालयले जनकारी दिएको छ । 

“पूर्वराजनैतिक तथा प्रशासनिक पदाधिकारीहरूलाई प्रचलित कानुनमा उल्लेख भएका र स्वीकृत मापदण्डबमोजिमका सेवा सुविधा मात्र प्रदान गर्नु/गराउनु हुन र कानुनबमोजिमबाहेक उपलब्ध गराइएका भए त्यस्ता सवारीसाधन, जिन्सी सामान, सहयोगी, सुरक्षाकर्मी फिर्ता गर्ने र अन्य सेवा सुविधा स्थगन गर्ने कार्य शीघ्र कार्यान्वयन गर्न/गराउनका लागि अर्थ मन्त्रालयबाट मिति २०८२/०६/१० मा गृह मन्त्रालय तथा रक्षा मन्त्रालयलाई पत्राचार गरिएको व्यहोरा जानकारी गराइन्छ,” अर्थ मन्त्रालयले भनेको छ । 

यो समाचारमा

अर्थ मन्त्रालयकाठमाडौँरक्षा मन्त्रालयगृह मन्त्रलय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    यस्तो छ आज विदेशी मुद्राको विनिमयदर, कति पुग्यो डलर ?

    काठमाडौँ।नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५२ रुपैयाँ २२ पैसा कायम गरिएको छ ।यसैगरी, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७७ रुपैयाँ १७ पैसा रहेको छ भने युके

    Data is loading...

    Loading brands...

    Loading footer...