भिजिट भिसा प्रकरण: छानबिन समितिमा सत्ता-प्रतिपक्षको अडान, संसद ११ पटक स्थगित

Author

सजिलो पत्रिका

२०८२ जेठ २६, सोमबार

38
Share
Featured

काठमाडौँ,जेठ २६।

भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दलहरूले संसदमा अवरोध जारी राख्दा राजनीतिक गतिरोध थप लम्बिएको छ। जेठ १३ गतेदेखि सुरु भएको विवादका कारण हालसम्म संसद बैठक ११ पटक स्थगित भइसकेको छ भने सहमति जुटाउन दलहरूबीच भइरहेका छलफल निष्कर्षविहीन बनेका छन्।

सुरुमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका विपक्षी दलहरू अहिले सो मागबाट पछि हटे पनि संसदीय वा उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने अडानमा छन्। समितिको स्वरूप र कार्यदेशमा लिखित सहमति हुनुपर्ने उनीहरूको माग छ।

यता, सत्तापक्ष दलहरू छानबिन समिति बनाउन लचिलो देखिए पनि गृहमन्त्रीको नाम नै तोकेर समिति गठन गर्न तयार छैनन्। समितिको कार्यदेशमा गृहमन्त्रीको नाम उल्लेख गर्ने वा नगर्ने भन्ने विषयमा दुई पक्षबीच कुरा मिल्न नसक्दा संसद बैठक प्रभावित हुँदै आएको हो।

यही विवादका कारण आइतबारका लागि बोलाइएको बैठक तीन पटकसम्म सारिएर अन्त्यमा सोमबार दिउँसो २ बजेका लागि डाकिएको थियो। तर, दलहरूबीच सहमति नजुटेपछि सोमबारको बैठक पनि निर्धारित समयमा सुरु हुन सकेन।

संसदीय गतिरोध अन्त्यका लागि विपक्षी दलहरू आफ्नो साझा रणनीति तय गर्न बैठकमा जुटेका छन्। विपक्षी दलहरूको बैठक सकिएलगत्तै नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलहरूबी

यो समाचारमा

काठमाडौँरमेश लेखक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रधानमन्त्री शाहको हाजिरी खोज्दै हर्क साम्पाङ

    काठमाडौँ।श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईले प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को उपस्थिति (हाजिरी) बारे प्रश्न उठाएका छन्। प्रतिनिधिसभा नियमावलीको नियम ४ लाई उद्धृत गर्दै साम्पाङले प्रधानमन्त्रीले बैठकमा हाजिरी जनाए/नजनाएको स्पष्ट पार्न माग गरेका हुन्।साम्पाङले भने, "प्रधानमन्त्रीज्यूले यहाँ आउँदा हाजिर गर्नुभएको छ कि छैन? यदि उहाँले हाजिर

    Data is loading...

    Loading brands...

    Loading footer...