चीन, चोङछिङ । चीनको दक्षिणपश्चिममा रहेको चोङछिङको काइझाउ जिल्लाको जुबाओसन राष्ट्रिय प्रकृति संरक्षण क्षेत्रमा रहेको थुजा सुचुएनसिस अनुसन्धान केन्द्रको दृश्य १ जुन २०२६ मा ड्रोनबाट खिचिएको हो।
जंगली थुजा सुचुएनसिस चीनमा मात्र पाइने र विलुप्त हुन लागेको शंकुधारी प्रजाति हो, उक्त प्रजाती चीनको राष्ट्रिय प्रथम श्रेणी संरक्षणमा रहेको छ। थुजा सुचुएनसिस नेपालमा पाईने सल्लाका प्रजाती मध्य एक हो ।
यो प्रजातिको संरक्षणका लागि चोङछिङ जुबाओसन राष्ट्रिय प्रकृति संरक्षण क्षेत्रको अनुसन्धान टोलीले धेरै वर्षदेखि स्थलगत अध्ययन गर्दै जंगली थुजा सुचुएनसिसको जनसंख्याबारे अनुसन्धान गर्दै आएको छ। विभिन्न अनुसन्धान संस्थासँगको सहकार्यमा टोलीले थुजा सुचुएनसिसको ठुलो मात्रामा कृत्रिम प्रजनन गर्न सफल भएको छ। हालसम्म ३५ लाख १० हजारभन्दा बढी बिरुवा उत्पादन गरिएको छ, जसमध्ये यस वर्ष मात्रै १ लाख २० हजार बिरुवा जंगलमा पुनःरोपण गरिएको छ। यसरी हालसम्म पुनःरोपण गरिएको बिरुवाको कुल संख्या ८ लाख ७० हजारभन्दा बढी पुगेको छ।
सन् २०२३ को मार्चदेखि कृत्रिम रूपमा हुर्काइएका थुजा सुचुएनसिसका बिरुवालाई युन्नान, निङ्सिया, साङ्सी, कान्सु र तिब्बतसहित २० वटा प्रान्त र स्वायत्त क्षेत्रका ८० वटा प्रयोगात्मक केन्द्रमा बाह्य(स्थल संरक्षण र अनुकूलन खेतीका लागि रोपिएको छ। वर्षौँको मेहनतपछि यो प्रजातिको अस्तित्व प्रभावकारी रूपमा सुरक्षित भएको छ भने यसको पारिस्थितिक महत्व र आर्थिक मूल्य पनि निरन्तर बढ्दै गएको छ।